दाङ, चैत २२ । सुरेश हमालको मुख्य परिचय यातायात व्यवसायको नेताको रुपमा सबै भन्दा धेरै चिर परिचित छ । राप्ती अंचल सार्वजनिक वस व्यवसायी समितिका अध्यक्ष तथा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका सल्लाहकार हमाल तुलसीपुर उद्योग वाणिज्य संघ लगाएत अन्य विभिन्न आधा दर्जन बढी सामाजिक संघ संस्थामा आवद्ध छन् । गत वर्षसम्म हमाल मानव अधिकार तथा शान्ति समाजका दाङ जिल्ला सभापति थिए । हमालको बस पहिलेदेखि नै भएपनि पदाधिकारीको रुपमा २०६० सालदेखि तत्कालिन गंगा समितिको सचिव भएर काम गरे ।
त्यसपछि उनलाई कहिलै त्यो भन्दा पछाडि फर्कनु परेन । समिति मर्ज भएपछि २०६३ साल चैत १८ गतेदेखि हमाल राप्ती समितिको सचिव वने । चार कार्यकाल सचिबको जिम्मेवजारी निर्वाह गरेका सुरेशलाई तत्कालिन अध्यक्ष जितेन्द्रबहादुर शाहको अकस्मात निधन भएपछि अध्यक्षको जिम्मेवारी सम्हाल्नुपर्ने परिस्थिति आइ लाग्यो । राप्ती समितिको अध्यक्ष बनेको यो हमाललको दोस्रो कार्यकाल हो ।
आज हमालको झन्डै दर्जन जति ठाउँमा लगानी छ । क्रसर उद्योगदेखि चुन ढुङ्गा उत्खनन्, वित्तिय संस्था,घर जग्गाको कारोवार, फेन्सि पसलदेखि सपुर मार्केट, खाजा घर, केवुल लगाएतमा हमालको लगानी छ । हमाल एकल लगानीको व्यवसाय याताया क्षेत्र मात्रै हो । बस,ट्रिप्पर, ट्रकमा उनको एकल लगानी रहेपनि अरु जम्मै पार्टनरसिपको व्यवसाय रहेको बताए । त्यो बाहेक हमालको आफ्नै निजी गाडी पनि छ ।
हमाल संग आज करोडौंको सम्पत्ति छ । काठमान्डौंमा एउटा घर, तुलसीपुरमा घर, तुलसीपुरको ‘क’ लाइनमा रहेको जग्गा उनले मार्केट संचालकलाई भाडामा लगाएका छन् । यी सबै ठाउँवाट उनलाई मासिक रुपमा पैंशा आउँछ । तर कति ? त्यो खुलेरै नभनेता पनि एक दुई लाख नभए घर खर्च चलाउन मुस्किल पर्ने हमालले बताए । स्वर्गीय खिमबहादुर शाहको तुलसीपुरस्थित रक्सी भट्टीमा हमालका बुवाले डिलरको रुपमा काम गर्दथे । हमाल बुवालाई सघाउने क्रममा विद्यार्थी कालमै रक्सी बेच्न थाले । खिमबहादुर शाहको असमाहिक निधन पछि उनकी छोरी अरुण सिंहले हमाललाई काममा लगाइन । भन्छन् ‘ मलाई लाग्छ सायद त्यो भट्टीमा काम गर्न सबैभन्दा सानो उमेरको मै थिए हुँला।’ हुने विरुवाको चिल्लो पात भनेझैं तर हमालले कहिलै रक्सी खाएनन् । उनी मध्यपान, धुर्मपान यी सबै कुरादेखि टाढा छन् । १५÷१६ बर्षदेखि नै उनले पैंशाको महत्व बुझे ।
साविक हेकुली गाविस वडा नं. ३ र हालको दंशिरणको पनि वडा नं. ३ मा २०३६ साल बैशाख १८ गते जन्मिएका हमालले बाल्यकालको शिक्षा हेकुली माविबाट सुरु भयो । कक्षा ८ पढेपछि ०४६ सालतिर उनी तुलसीपुर आए । त्यसपछि उनले महेन्द्र मावि तुलसीपुरमा पढे । आइए मात्रै उत्तिर्ण हमालले कलेज पनि राप्ती बबई क्याम्पसमै पढे । त्यतिबेला उनले रासायनिक मलको पनि व्यापार गरे ।
सानैदेखि व्यापारको संभावना खोज्दै लगानी गर्न रुचाउने हमालले कलेज पढ्दै गर्दा बस किने । भन्छन् ‘मलाई जीवनमा पछुतो भनेकै थप पढ्न नसकेकोमा छ।’ सानैदेखि व्यापार व्यवसायमा रुचि राख्ने उनी नयाँ संभावनाको खोजी गर्दथे । यातायात क्षेत्रमा प्रवेश गरेपछि उनको पढाईमा ब्रेक लाग्यो । भनिन्छ ‘जहाँ लक्ष्मी हुन्छिन त्यहाँ स्वरस्वतीको बास हुँदैन।’ कलिलै उमेरदेखि रक्सी बेच्दा बेच्दै त्यहाँ आउने धेरैलाई उनले पढे ।त्यही थियो उनको जीवनको व्यवहारिक विश्वविद्यालय । बस किनेपछि उनी आँफै कन्डर बने । हमालले भने ‘म ढोकामा उभिएरै धेरै पटक÷दाङ काठमान्डौं पुगेको छु । पैंशाको खुबै लोभ लाग्यो । एउटा यात्रुपाएपनि उसलाई सिटमा बसालेर म उभिन्थे।’ पैंशा कमाएर मात्रै हुँदैन । त्यसको उचित सदुपयोग पनि गर्न जान्नु पर्छ । कमायो उडायो,मोज मस्तिमा उनी कहिलै भुलेनन् । ‘के पेशामा पैंशा छ, के पेशालाई आज समयले खोजेको छ भन्ने कुराको अध्यन गर्छु मैले पहिला,’सफलताको सुत्रवारे हमालले बताए ‘ त्यो ठिक लागे त्यो अनुकुल काम गर्न सक्ने मान्छेहरुको खोजी गर्छु,उनीहरुलाई कन्भिन्स गर्छु ।’ गलत काम नगर्ने हो भने कुनैपनि पेशा व्यवसाय बाट ९९ प्रतिसत घाटा नहुने विश्वास हमालले व्यक्त गरे ।
मुख्य कुरा पैंशाको सहि सदुपयोग सबैभन्दा महत्वपूर्ण हुने उनको कथन छ । उनले लगानी गरेका कुनैपनि क्षेत्र हालसम्म घाटामा गएको छैन । डुवेको छैन । ‘हालसम्म मलाई कुनैपनि पाटनरले सुरेश हमाललाई हताउनु पर्छ भनेको छैनन्,’भन्छन् ‘पाटनर भनेको श्रीमति भन्दापनि विश्वास गर्नुपर्छ।’ यो आर्थिक सफलताको लागि कति छलफल गर्नु प¥यो ? भन्ने प्रश्न गर्दा हमालले भने ‘कुनै व्यक्तिले पनि मलाई यति पैंशा ठग्यो भन्छ भने म त्यसको दश गुणा पैंशा तिर्न तयार छु र म आफंै प्रहरी समक्ष गएर आत्मसर्मपन गर्छु।’
धेरैले आँकलन गर्छन यही रफ्तारमा अगाडि बढे अबको केही बर्षमै सुरेश हमालले थप धन सम्पत्ति जोड्न सक्छन् ।
तर हमालको अबको भित्रि चाहाना भने राजनीति गर्ने पनि छ । हमाललाई नेपाली काँग्रेस क्षेत्र नं. ५ दाङले गत प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारको रुपमा सिफारिस गरेको थियो । राप्ती बबई क्याम्पस पढ्दा उनी नेविसंघ वाट स्ववियुको निर्वाचित कोषाध्यक्ष पनि हुन । माओवादी युद्ध चर्केको समयमा उनी केही बर्ष माओवादी बने । ‘व्यवसायी हुनुको नाताले त्यो मेरालागि रहर भन्दापनि बाध्यता थियो,’ हमाल दाबी गर्छन ।
त्यहि भएर उनलाई कतिपयले राजनीतिक रुपमा स्वार्थी प्रवृतिको भन्ने दोषारोपन गर्छन । सायद उनको पोलिटकल हाइट केही खस्नु र कतिपयले आशंका गर्ने कारण यही हो । तर कतिपयका शब्दमा अबको केही बर्ष पछाडि चाहेरै पनि सुरश हमाललाई राजनीतिक रुपमा अगाडि बढ्न रोक्न सक्ने अर्थात बाटोको तगारो वन्न कोही हुने छैन । सक्रियता, सहभागिता, सहयोगी भावना र परेको खण्डमा लगानी गर्न सक्ने हैसिय रहेको हुँदा हमाल धेरैको मनमा अटाउन सकेको उनलाई नजिकवाट चिन्नेहरु बताउँछन् ।
(बाँकी कुरा भिडियो संवाद मार्फत हेर्नुहोस)