दाङ, जेठ १५ ।
सरकारले दुई करोडसम्म कृषीमा लगानी गर्ने उद्यमी किसानलाई ४० प्रतिसतसम्म अनुदान दिने भएको छ ।
शुक्रबार सदनमा आर्थिक वर्ष ०८३/०८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कृषिमा दुई करोड लगानी गर्नेलाई ४० प्रतिशत अनुदानमा ऋण उपलब्ध गराइने बताएका हुन ।
उनका अनुसार सरकारले दिने अनुदान रकम चार वर्षसम्म प्रतिवर्ष १० प्रतिशतका दरले शोधभर्ना मार्फत उपलब्ध गराइने छ । कृषिबाली तथा पशुधनको बिमा प्रिमियममा ८० प्रतिशत अनुदान दिने र अन्य अनुदान बिस्तारै कटौती गर्ने नीति सरकारले लिएको छ ।
प्रकाशित मिति : २०८३ जेष्ठ १५ गते शुक्रवार
