२०८३ साउन २१ गते बिहिवार

नेप्से अझै २ हजार विन्दुमुनि, ह्वात्तै बढेको भोलिपल्टै घट्यो बजार

काठमाडौँ,असार १३ । सेयरबजारमा ९५ अंकको उच्च वृद्धि भएको भोलिपल्ट अर्थात् आज मंगलबार दोहोरो अंकले घटेको छ।

नेप्से २३।८५ अंकले र सेन्सिटिभ सूचक ७।०२ अंकले घटेको हो। नेपाल स्टक एक्सचेन्जका अनुसार साताको दोस्रो कारोबार दिन २२९ कम्पनीको सेयर खरिदबिक्री भएको छ। दिनभरिमा ४३ हजार १२२ पटकको किनबेचपछि ५६ लाख कित्ता सेयर २ अर्बमा कारोबार भएको हो।

कुल १३ समूहमध्ये आज जीवन बीमा र लगानीको सूचक हरियो रहे पनि बाँकी समूहको सूचक राताम्य छन्।

आज तीनवटा कम्पनीका लगानीकर्ताले कमाएका छन्। सीवाईसी लघुवित्त, न्यादी पावर र लाइफ इन्स्योरेन्स कर्पोरेसनका लगानीकर्ताले कमाएका हुन्। यी कम्पनीको सेयर १० प्रतिशत हाराहारीमा बढेको छ।

लगानीकर्ताले १० प्रतिशतसम्म गुमाउनुपरेको छ भने आज नागरिक लगानी कोषको १५ करोडको सेयर कारोबार भएको छ।

प्रकाशित मिति : २०७९ असार १३ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *