
दाङ , साउन १८ ।
सुर्खेतमा एक जना महिलाको मृत्यु प्रकरणमा एक जना नायव सुब्बा पक्राउ परेका छन् ।
जाजरकोट जिल्लाको भेरी नगरपालिका–१ घर भई सुर्खेतस्थित एकीकृत कृषी प्रयोगशालाकी कर्मचारी २७ वर्षीया चन्द्रा सिंह शनिबार वीरेन्द्रनगर–७, इत्रामस्थित कार्यालयकै आवास गृहको शौचालयमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन ।
चन्द्राको मृत्युपछि उनका श्रीमान महेश बस्नेतले जिल्ला प्रशासन कार्यालय सुर्खेतमा कार्यरत २८ बर्षीय नायव सुब्बा कबिलाल बिसीका बिरुद्ध सोही दिन नै आत्महत्या दूरुत्साहन मुद्दा दायर गरेका थिए ।
सोही जाहेरीका आधारमा शनिबार नै प्रहरीले वीरेन्द्रनगर–८ खजुरा बाट बिसीलाई नियन्त्रणमा लिएको सुर्खेतका प्रमुख एसपी ठाकुरप्रशाद पोखरेलले बताए । बिसीपनि बिबाहित हुन ।
प्रहरीको प्रारम्भीक अनुसन्धान बाट मृतक सिंह र बिसीका बीचमा सामाजिक सञ्जाल फेसबुकमा संबादहरु भएको फेला परेको छ । सोही बिषयमा श्रीमान महेश र श्रीमति चन्द्राका बीचमा झगडाहरु हुन थालेको थियो ।
जिल्ला प्रबक्ता डिएसपी कबिन्द्र बोहराले घटना बारे थप अनुसन्धान भइ रहेको छ ।
