२०८१ चैत्र ६ गते बुधवार

शेयर बजार १७ अङ्कभन्दा धेरैले घट्यो, ३ अर्ब ३६ करोड रुपैयाँको कारोबार

काठमाण्डौ,चैत १ । शेयर बजार परिसूचक नेप्से आज मङ्गलवार १७ अङ्कभन्दा धेरैले घटेको छ । नेप्से आज १७ दशमलव १५ अङ्कले घटेर दुई हजार ६ सय ५० दशमलव ९७ विन्दुमा झरेको छ ।

आज होटल, बीमा र म्युचुल फन्डबाहेक अरू सबै कम्पनीको शेयर घटेको छ । यस्तै दुई सय २९ वटा कम्पनीका ६५ लाख २९ हजार कित्ता शेयर तीन अर्ब ३६ करोड ४२ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको ३४ करोड २३ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार घट्दा पनि इमर्जिङ नेपाल कम्पनीको शेयर १० प्रतिशतले तथा सगरमाथा इन्सोरेन्स र सोल्टी होटलको शेयर साढे ६ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : २०७८ चैत्र १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *