२०७८ कार्तिक १ गते सोमवार

तुलसीपुरमा एक करोड बढीको लगानीमा खुल्यो ‘नायक मार्ट’

तुलसीपुर,असोज ४ । दाङको तुलसीपुरमा करिब एक करोड बढीको लगानीमा ‘नायक मार्ट’ खुलेको छ ।

तुलसीपुरका तिन जना युवाहरुको संयुक्त लगानीमा तुलसीपुर उपमहानगरपालिका वडा नं ६ मदनआश्रित चोक नजिकै उक्त मार्ट सञ्चालनमा ल्याइएको हो ।

मदन खत्री,जनक कुमार खत्री, जगदिश खत्रीले एउटै छानामुनि दैनिक उपभोग्य र घरायसी सामग्री सहज रूपमा उपलब्ध गराउने मुख्य उद्देश्यले मार्ट सञ्चालनमा ल्याएको बताए । मार्टमा हरेक सामानहरु किन्दा ३ प्रतिशत छुट दिइने छ ।

अन्यत्र भन्दा सस्तो मूल्यमा कस्मेटिक,खाद्यान्न सामाग्री, हुक्का,घर सजावटका सामाग्री, गिफ्टहरु,बच्चाको खेलाउन,प्याकिङ मासुहरु,फलफूल लगाएतका सामाग्रीहरु उपलब्ध गराइने छ ।

सञ्चालक मदन खत्रीका अनुसार नजिकीदै गरेको दशै तथा अन्य चाडपर्वलाई मध्येनजर गरेर विभिन्न अफरहरु खुल्ला गरिने छ ।

उक्त मार्टको सोमवार प्रजातान्त्रिक उद्योग व्यवसायी संघ तुलसीपुरका अध्यक्ष जनक प्रसाद खरालले रिवन काटेर उद्धघाटन गरेका छन ।

सो अवसरमा चेम्बर अफ कमर्श तुलसीपुरका उपाध्यक्ष बिनु अधिकारी लगाएतको उपस्थिती रहेको थियो ।

साथै बजारभरिका पसल–पसल डुलेर सामान छान्दै किन्ने झन्झटबाट ग्राहकलाई मुक्ति दिलाउन जिल्लामा पछिल्लो समय एकपछि अर्को गर्दै मार्टहरू सञ्चालनमा आउने क्रम बढ्दो छ ।

 

 

 

प्रकाशित मिति : २०७८ असोज ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *