२०८२ कार्तिक २५ गते मङ्गलवार

सुन चाँदीको भाउ निरन्तर ओरालो लाग्दै : सुन आज तोलामा आठ सय रुपैयाँ घट्यो

काठमाण्डौ, असार ६ । सुन चाँदीको भाउ आज पनि घटेको छ ।

सुन आज तोलामा आठ सय रुपैयाँ घटेको हो ।

अस्ति शुक्रवार तोलाको ९० हजार आठ सय रुपैयाँमा कारोबार भएको सुन आज भाउ घटेर तोलाको ९० हजार कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सुनको भाउ बिहीवार तोलामा एक हजार एक सय रुपैयाँ घटेर तोलाको ९२ हजार रुपैयाँमा झरेको थियो ।

त्यस्तै गएको बुधवार सुन तोलाको ९३ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको भाउ पनि १५ रुपैयाँले घटेको छ ।

शुक्रवार तोलाको १३ सय पाँच रुपैयाँमा कारोबार भएको चाँदी आज भाउ घटेर तोलाको १२ सय ९० रुपैयाँमा झरेको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : २०७८ असार ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *