२०८३ साउन १५ गते शुक्रवार

सुनको मूल्यले बनायो नयाँ कीर्तिमान,तोलाको कति पुग्यो ?


काठमाडौँ,भदौ ३१ । नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ।

आज मंगलबार सुनको मूल्य तोलामा २ लाख १७ हजार १०० रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च मूल्य हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो मूल्य अघिल्लो दिनको तुलनामा १ हजार ९०० रुपैयाँ बढी हो।

सोमबार सुनको मूल्य तोलामा २ लाख १५ हजार २०० रुपैयाँ कायम थियो।

यस्तै, चाँदीको मूल्य पनि वृद्धि भएको छ। महासंघका अनुसार मंगलबार चाँदीको मूल्य २ हजार ५९५ रुपैयाँ कायम भएको छ, जुन पनि अहिलेसम्मकै उच्च मूल्य हो।

सुन–चाँदीको मूल्य वृद्धिले बजारमा लगानीकर्ताहरुको ध्यान केन्द्रित भएको छ।

प्रकाशित मिति : २०८२ भाद्र ३१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *