२०८३ असार ६ गते शनिवार

किसानको पसिनामा विचौलियाको रजाँई

 


दाङ, जेठ १३ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ मुलकोटमा प्रति किलो टमाटरको मुल्य ४० देखि ५० रुपैंया किक्न पाइदा तुलसीपुरको सव्जिमण्डीमा त्यसको मुल्इ प्रति किलो ८० देखि मुल्य १०० रुपैंया पर्छ । घोराही उपमहानगरपालिका वडा नं. १७ ढिकपुरक र घोराही बजारको मुल्यको अन्तर पनि त्यही छ । ढिकपुर गाउँमा किसानको खेतमा बोडी प्रतिकिलो ४० रुपैंयाको दरले बेचेका थिए र त्यो बजारमा पुग्दा किलोको ८० देखि १०० रुपैंयामा विक्रि भइरहेको थियो ।

मुलकोट निवावसी ३९ बर्षीया सीता वली र ढिकपुर निवासी निवासी ४३ बर्षीय किरण चौधरीले आफ्नो उत्पादनको मुल्य आँफै गर्न पाउँदैनन् । त्यसका पछाडि थुप्रै कारणहरु छन् । प्रमुख कारण किसान संग उत्पादित बस्तु बजार सम्म लैजान आफ्नै साधन नहुनु हो भने दोस्रो प्रमुख कारण किसानको खेतवारी सम्म जाने बाटो नहुनुले गर्दा हो । तेस्रो कारण भनेको किसानको बीचमा बलियो एकता नहुनुले गर्दापनि विचौलियाले फाईदा उठाइरहेका छन् ।

टमाटर र वोडीमा मात्रे गाँजर,करेलामा पनि ठिक त्यस्तै अवस्था थियो । काँक्रा,लौका,भन्टा, भेडे खुर्सानीमा अलि कम मुनाफा लिएर किसानको खेतवारी भन्दा बजारमा कारोवार भइरहेको छ ।

‘तरकासीमा किसानको पसिनामा विचौलियाको रजाँई जस्तै अवस्था छ,’ मुलकोटका धनविर घर्तीले भने । विचौलियाले किसानको खुन पसिनामा रजाँई गर्दै आएको हुँदा किसानको स्थितिमा सुधान नभएको उनले बताए ।
तुलसीपुर मुलकोटकी ३९ बर्षीया सीता वलीको शव्दमा त्यसको प्रमुख दोष सरकारको भएको बताइन । सरकारले नै अघोषित रुपमा विचौलिया पोस्ने काम गरिरहेको उनको आरोप छ ।

‘किसानको खुन पसिना चुसेर विचौलिया जुका जस्तै मोटाउने अवसर पाउनुको कारण सरकारले गर्दा नै हो,’ वलीले भनिन् । निर्वाचन ताका गाउँ गाउँमा अधिकार सम्पन्न सिंहदरवार आउँछ भन्ने गफ दिएपनि आफुहरुले त्यो अनुभुत गर्न नपाएको वलीले बताइन । ‘चिस्यान केन्द्र स्थापना गर्छौं, सिंचाईको प्रवन्ध गरिदिन्छौं, आधुनिक तरकारीको हाट बजार गाउँमै खोलिदिन्छौं, विउविजन यही ल्याइदिन्छौं भनेर भोट मागे,’वलीले भनिन् ‘ आज त्यस्ता आश्वासन बाँड्नेहरु फर्केरपनि आएका छैनन्।’

विचौलियालाई किसानले सस्तोमा आफुले उत्पादन गरेको तरकारी बेच्नु बाध्यता भएको वलीले बताइन । ‘यहाँवाट डोको नाम्लोमा बोकेर तरकारी तुलसीपुर बजार सम्म लैजान दिनभर लाग्छ । न हाम्रो गाडी छ, न यहाँ आउन गतिलो बाटो नै छ । त्यसैले तरकारी खेतवारी मै कुहिनु भन्दा विचौलियाले जतिभन्छन् त्यही मुल्यमा दिनु हाम्रो बाध्यता हो,’ वलीले भनिन् ।

घोराही १७ ढिकपुरकी ४२ बर्षीया रुपनी चौधरीका शब्दमा स्थानीय सरकाले नजिकमा बजारको व्यवस्था गर्न ध्यान नदिनु, किसानको खेतवारी सम्म जानलाई राम्रा सड्क संजाल निर्माण नगगरिनु, उत्पादित बस्तु बजार सम्म पु¥याउन किसान संग आफ्नै साधन नहुनु, साधन नहुँदा किसानले आँफै बोकेर बजारमा तरकारी लैजानुपर्ने बाध्यता रहनु,बजारमा तरकारी बोकेर डुलाउँदै विक्रि गर्न खोज्दा बजार बासीले अपहेलित व्यवहार गर्नु जस्ता कारणहरुले विचौलियाको चलखेल हुँदै आएको छ ।

नजिकमा बजार व्यवस्थापन राम्रो भइदिए कृषक र उपभोक्ता दुबैले राहात पाउने उनको तर्क छ ।
‘हामी कृषकहरु पनि एकजुट हुन सकेका छैनौं,’चौधरीले भनिन् ‘हाम्रो बीचमा एकता भए भाडामा गाडी खेतमै ल्याउन सकिन्थ्यो । बजार व्यवस्थापनको लागि स्थानीय सरकारलाई दबाव दिन सजिलो हुने थियो।’ आँफै बोकेर घर घरमा डुल्दै तरकारी बेच्नु भन्दा सबै मिलेर गाडी मार्फत एकमुष्ट तरकारी बजार पठाउन सकेन किसानलाई राहत मिल्ने उनको भनाई छ ।

पश्चिम दाङको दंगिशरण गाउँपालिकाको चखौरा निवासी हरिराम बस्नेतले उत्पादित तरकारीको खपत गाउँमा नहुनु र त्यो बजारमै पु¥याउनु पर्ने अवस्थामा किसान र व्यापारीको बीचमा सोझै सम्पर्क कायम गर्न सकेन बीचौलियाको चलखेलमा न्यूनिकरण आउने धारणा राखे । किसानले उत्पादन गरेको तरकारी आँफै बेच्ने पाउने गरि बजारको उचित व्यवस्था राज्यले गरिदिएमा विचौलियाले फाईदा लिने क्रम रोकिने उनको बुझाई छ । मुलकोटका रामसिंह घर्तीले किसानको पसिनामा विचौलियाको रजाँई अन्त्यगर्न राज्य अग्रसर हुनुपर्नेे बताए ।

 

प्रकाशित मिति : २०७६ जेष्ठ १३ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *