२०८३ असार ६ गते शनिवार

रुकुम पूर्वमा ट्रयाक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु


दाङ, जेठ ९ । रुकुम पूर्वमा ट्रयाक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । ग १ त २५९२ नम्बरको ट्रयाक्टर सानी भेरीमा खस्दा सिस्ने ४ अमलाचौरका रामचन्द्र बाहोरा र रुकुम पश्चिम त्रिवेणी ५ निवासी लक्ष्मण वलीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका प्रहरी निरीक्षक वीरबहादुर सुनारका अनुसार बोहोराको घटनास्थलमै र वलीको उपचारका क्रममा जिल्ला अस्पताल रुकुम पश्चिममा मृत्यु भएको हो। उक्त दुर्घटनामा परि पुथाउत्तरगंगा गाउँपालिका ४ निवासी कृष्ण रसाइली गम्भीर घाइते भएका छन् । रसाइलीको जिल्ला अस्पताल रुकुमपश्चिममा उपचार भइराखेको छ। ट्रयाक्टर जिल्लाको भुमे गाउँपालिका वडा नं. ७ देउखोलाबाट सिस्ने गाउँपालिका ५ रुकुमकोटतर्फ जाँदै गर्दा विहीवार दुर्घटनामा परेको थियो ।

प्रकाशित मिति : २०७६ जेष्ठ ९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *