दाङ,जेठ ९ । सवारी दुर्घटनामा परि एक महिलाको मृत्यु भएको छ । दुर्घटनामा परि मोटरसाईकलमा सवार तुलसीपुर उपमहानगरपालिका वडा नं. १४ निवासी २४ बर्षीया पूजा परियारको मृत्यु भएको छ ।
दाङ घोराही उप(महानगरपालिका वडा नं. १६ राउतगाउँ चोक स्थित घोराहीबाट तुलसीपर तर्फ जादै गरेको लु ४७ प १५४७ नंमबरको मोटरसाईकल र बिपरित दिशाबाट आउँदै गरेको ना ५ ख ९८५३ नंम्बरको पावर टेलर एक आपसमा ठोक्किदा मोटरसाईकलको पछाडी सवार परियारको उपचारका क्रममा घोराहीमा मृत्यु भएको थियो ।
बुधबार साँझ ५ बजेतिर भएको उक्त दुर्घटना पछि गम्भीर घाईते परियारको राप्ती स्वास्थ्य बिज्ञान प्रतिस्ठानमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
दुर्घटनामा परि मोटरसाईकल चालक तुलसीपुरका गुमान बिक गम्भीर घाईते भएक छन् । बिकलाई दाङमा प्रारम्भीक उपचार पछि थप उपचारका लागि मेडिकल कलेज भैरहवा रेफर गरिएको प्रहरीले जानकारी दिएको छ ।
