२०८३ बैशाख १५ गते मङ्गलवार

कांग्रेस तुलसीपुर १८ द्वारा पीडित किसानलाई राहत दिन माग

तुलसीपुर,कात्तिक ७ ।नेपाली काँग्रेस तुलसीपुर वडा नं. १८ ले पीडित किसानलाई राहत दिन सरकारसँग माग गरेको छ । वडा नं १८ का सभापति बिरेन्द्र खड्काले स्थानीय सरकारसँग पीडित किसानहरुलाई राहत दिन आग्रह गरेका छन् ।

लगातारको वर्षाले गर्दा भित्र्याउन लागेको तुलसीपुर १८ क्षेत्रभित्रका खोली गाउँ, बाँसडबर, जमनीलगायतका विभिन्न स्थानहरुमा धानबालीमा क्षति पुगेको भन्दै त्यसमा स्थानीय सरकारले गम्भीरका साथ लिनुपर्ने इकाई सचिव बिदुर गौतमले बताएका छन ।

साथै वर्षाले धानबालिमा पुर्याएको क्षतिको सत्यतथ्य विवरण संकलन गरि पीडित किसानलाई तत्काल क्षतिपूर्ति तथा राहत दिन कांग्रेस तुलसीपुर १८ले स्थानीय सरकार संग आग्रह गरेको छ ।

प्रकाशित मिति : २०७८ कार्तिक ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *