२०८३ असार ६ गते शनिवार

स्थानीयको सहयोगले मात्रै कानुन कार्यान्वयमा सहजता आउँछ – प्रजिअ रिजाल

शरद रेग्मी,
तुलसीपुर, असोज ३ । दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले स्थानीयको सहयोग विना कानुन कार्यान्वन गर्न संभव नहुने बताएका छन् । रोटरी क्लब अफ तुलसीपुर सिटीको आयोजनामा शनिवार विहान भएको कार्यक्रमलाई सम्वोधन गर्दै रिजालले सुशासन कायम गर्न सबैले सहयोग गर्नुपर्ने बताए । ‘स्थानीयको सहयोग प्राप्त भयो भने मात्रै कानुन कार्यान्वयन गराउन सहजता प्राप्त हुन्छ,’ रिजालले भने ‘सुशासन,पार्दर्शिता र शान्ति सुरक्षा कायम गर्न स्थानीयको सहयोग विना संभव हुन्न।’

पुराना कानुनहरु अहिले नयाँ संरचना अनुसार उपयुक्त नभएको भन्दै ससोधन गर्नुको बिकल्प नहुने उनको तर्क थियो । रोटरी क्लब अफ तुलसीपुर सिटिका अध्यक्ष सुरेश हमालको अध्यक्षतामा भएको कार्यक्रममा प्रजिअ रिजालको जीवनी र व्यक्तित्वको बारेमा पूर्व अध्यक्ष तुफानबाबु श्रेष्ठले चर्चा गरेका थिए ।

क्लबका प्रस्तावित अध्यक्ष यज्ञबहादुर केसीले स्वागत मनतब्यवाट सुरु भएको कार्यक्रममा यसअघिका अध्यक्ष देवबहादुर केसीले क्लबका गतिविधीको बारेमा प्रकाश पारेका थिए । त्यस्तै कार्यक्रममा क्लबका सहसचिव बुद्ध प्रकाश सिंहले धन्यवाद ज्ञापन गरेका थिए भने सहजीकरण सचिव देवेन्द्र केसीले गरेका हुन ।

प्रकाशित मिति : २०७७ असोज ३ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *