दाङ,असोज २ । दाङमा भारतवाट आइपुगेका एक किशोरको सवारी दुर्घटनामा परि मृत्यु भएको छ ।
गढवा गाउँपालिका वडा नम्बर ३ निवासी १८ वर्षीय प्रकाश कुँवरको सवारी शुक्रवार एका विहानै नम्बर खुल्न नसकेको गाडीको ठक्करवाट मृत्यु भएको छ ।
गम्भीर अवस्थामा फेला परेका कँुवरको बिहान ७ बजेतिर लमहीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी प्रबक्ता सुमित खड्काले जानकारी दिए ।
पूर्व पश्चिम राजमार्ग अन्तरगत राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरी चोक नकिजै उनलाई साढे ३ देखि ४ बजेको बीचमा पहिचान खुल्न नसकेको सवारी साधनले ठक्कर दिएको अनुमान गरिएको डिएसपी खड्काले बताए ।
छिमेकी देश भारतवाट घर फर्किरहेका कँुवर मसुरियास्थित दिदीको घर जान भनि त्यहाँ पुगेको प्रहरीले बताएको छ ।
उनले दिदीलाई शुक्रवार विहान ३ बजेपछि फोन सम्पर्क गरेको प्रहरीले बताएको छ । दिदीले भारतवाट आएको भाइलाई घरमा राख्दा गाउँ समाजले गालि गर्ने भन्दै आफ्नै घरमा जान आग्रह गरेपछि उनी पैदल हिडेर घर तर्फ जाने क्रममा गाडीले ठक्कर दिएको अनुमान भइरहेको छ ।
घाइतेलाई विहान करिव ५ बजेतिर स्थानीयले देखेपछि एम्बुलेन्समा लमही उपचारका लागि पुगाएका थिए । उनको उपचारका क्रममा शुक्रवार विहान सवा ७ बजेतिर मृत्यु भएको प्रहरीले बताएको छ ।
ठक्कर दिने गाडीको खोजी भइरहेको प्रहरीले बताएको छ ।
