पार्टीको सह–प्रबक्तासमेत जिम्मेवारी

दाङ, भदौ ५ ।
दाङ देउखुरीका समानुपातिक सांसद सु्रेन्द्र चौधरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्यमा मनोनित गरिएका छन् । राश्वपाले सुरेन्द्रलाई पार्टीको सह–प्रबक्तासमेत मनोनित गरेको छ ।
सरेन्द्र नेपाली काँग्रेसका सहमहामन्त्री योगेन्द्र चौधरीका सहोदर दाजु हुन । गत फागुन २१ गतेको निर्वाचनका क्रममा सुरेन्द्रले काँग्रेसबाट दाङ क्षेत्र नं. १ मा प्रत्यक्ष तर्फको निर्वाचन लडेका भाइ योगेन्द्रको बिरोध गरेका थिए । उनले आफ्नो भाइलाई भोट नदिन सार्वजनिक रुपमै अपिल गरेका थिए ।
उनै सुरेन्द्रलाई शुक्रबार बसेको राश्वपा केन्द्रीय समितिले केन्द्रीय सदस्यमा मनोनित गरेको हो ।
राशवपाले चौधरीसहित ९ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको थियो ।
जस्मा भूपदेप शाह, सुनिल लम्साल, सुधन गुरूङ, प्रतिभा रावल, पुरूषोत्तम यादव, बसुमाया तामाङ, मनोहर प्रधान, सुरेन्द्र चौधरी, डा. भानुभक्त राई परेका छन् ।
राश्वपाले सहमहामन्त्रीमा पुरूषोत्तम यादव, पार्टी प्रवक्तामा जगदीश खरेल, सह–प्रवक्तामा नमिता यादव र सुरेन्द्र चौधरी र कोषाध्यक्षमा मनोहर प्रधान र सह–कोषाध्यक्षमा बसुमाया तामाङलाई मनोनीत गरेको छ ।
त्यस्तै राश्वपाले ११ जनालाई सचिवालय सदस्य मनोनीत गरेको छ । जस्मा शिशिर खनाल, गणेश पराजुली, विराजभक्त श्रेष्ठ, कबिन्द्र बुर्लाकोटी, लिमा अधिकारी, दीपकराज बोहरा, समीक्षा बास्कोटा, शिव नेपाली, इन्दिरा राना मगर, मनिष झा र पुरूषोत्तम यादव छन् ।
त्यस्तै राश्वापाले ६ वटा विभागमा प्रमुख नियुक्त गरेको छ ।
जस अन्तर्गत पूर्वाधार विभागमा निशा डाँगी, अन्तर्राष्ट्रिय तथा कूटनीति विभागमा शिशिर खनाल, अर्थ विभागमा लिमा अधिकारी, संगठन विभागमा प्रमोद न्यौपाने, सार्वजनिक सेवा तथा जनगुनासो विभागमा विजय जैरू र जनस्वास्थ्य विभागमा तोसिमा कार्कीलाई प्रमुख मनोनीत गरेको छ ।