२०८२ चैत्र १ गते आइतवार

सामुदायिक विद्यालय बन्दका कार्यक्रम फिर्ता

दाङ,असार ३ । आन्दोलनरत विद्यालय कर्मचारीहरूले सामुदायिक विद्यालय बन्दका कार्यक्रम फिर्ता लिएका छन् ।

सरकारले वार्ताका लागि समिति गठन गरेको र आन्दोलनका कार्यक्रम स्थगित गरेर वार्तामा आउन आह्वान गरेको भन्दै नेपाल विद्यालय कर्मचारी परिषद्ले विद्यालय बन्दको कार्यक्रम फिर्ता लिएको हो ।

वार्ताको माध्यमबाट आन्दोलन राखिएका मागहरू सम्बोधन गर्न सरकार गम्भीर नदेखिएमा, सर्वोच्च अदालतको फैसला कार्यान्वयन नगरेमा, विगत वर्षहरूमा भएका र गरिएका सहमति र सम्झौताहरू कार्यान्वयन नगरेको खण्डमा पुनः आन्दोलनका कार्यक्रम अगाडि बढाउने परिषद्ले चेतावनी दिएको छ ।

प्रकाशित मिति : २०८० असार ३ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *