
दाङ, असार २९ ।
नेपाली कांग्रेस सभापति गगन थापाको घर अगाडि पनि शंकास्पद गाडी पार्किङ गरिएको पाइएको छ ।
सभापति थापाको घर अगाडि एउटा कार पार्क गरिएपछि स्थानीयको आवत जावतमा समस्या उत्पन्न भएको छ । स्थानीयका अनुसार बिहान करिब ७ बजेदेखि एउटा कार सभापति थापाको घर अगाडि राखिएको छ । जहाँ बाट बाइक समेत आउजाउ गर्न सक्ने अवस्था नरहेको प्रहरीले जनाएको छ ।
त्यसअघि कान्तिपुर पब्लिकेशन, अनलाइन खबर, हिमालय टेलिभिजन लगायतका मिडियाको कार्यालय अगाडि शंकास्पद गाडी पार्किङ गरिएको पाइएको थियो ।
कार्यालयको गेटमा पार्क गरिएको गाडीका कारण पत्रकारहरूलाई सवारीसहित आवतजावत गर्न बाधा पुगेको थियो । पछि गाडीहरू प्रहरीले क्रेनको साहेताले उठाएर लगेको थियो ।
बिहीबार दिउँसो काठमाडौं महानगर प्रहरीले मोटरसाइकलमा लक लगाइदिए पछि मुगुका २५ बर्षीय गणेश नेपालीले पेट्रोल छर्केर आत्मदाह गरेका थिए । उनको उपचारका क्रममा शुक्रबार वीर अस्पतालमा मृत्यु भएको थियो । त्यसबारे मिडिया हाउसले महानगर प्रहरीको ज्याजदी बारे समाचार लेखेका थिए ।