दाङ, असार २८ ।
जाजरकोटमा पहिरोमा परी एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।
जिल्लाको भेरी नगरपालिका–२ राङ्सीमा अविरल वर्षापछि आएको पहिरोले ६७ वर्षीया जयशिलाकुमारी शाहको मृत्यु भएको जिल्ला प्रहरी प्रबक्ता प्रहरी निरीक्षक सुधिरराज खड्काले बताए ।
पहिरोबाट शाहकी ४० वर्षीया छोरी मेनुका शाह थापा र उनकी ७ वर्षीया छोरी टीका थापा घाइते भएका छन।
उनीहरुको अवस्था सामान्ने रहेको तथा स्थानीय
अस्पतालमा उपचार जारी रहेको प्रहरीले जनाएको छ ।
सोमबार बिहान २ बजेतिर जस्ता पाताको अस्थायी टहरामाथि ढिस्को खसेर च्याप्दा शाहको घटनास्थलमै मृत्यु भएको थियो ।
खड्काको नेतृत्वमा घटनास्थल तर्फ जिल्ला प्रहरी प्रबक्ता खड्का नेतृत्वमा टोली पुग्दै छ ।
पछिल्लो समय आएको भूकम्प पछि सरकारले उपलब्ध गराएको ५० हजार रुपैयाँ अनुदानबाट शाहले अस्थायी टहरो निर्माण गरि बस्दै आएको स्थानीयले बताएका छन् ।
प्रकाशित मिति : २०८३ असार २९ गते सोमवार