२०८३ असार २८ गते आइतवार

राप्तीमा ९ बर्षे बालकको शब फेला , ११ बर्षीया बालिकाको खोजी जारी

दाङ , असार २८ ।


बाँकेस्थित राप्ती नदीमा मध्य एक जना ९ बर्षीय बालकको शब फेला परेको छ । अर्की ११ बर्षीया बेपत्ता बालिकाको खोजी जारी छ ।
जिल्लाको डुडुवा गाउँपालिका–५का ९ वर्षीय सुलभ रावतको शब आइतबार बिहान ८ बजेतिर राप्ती नदी किनारमा फेला परेको हो ।
घटनास्थल भन्दा पाँच सय मिटर दक्षिणमा उनको शब फेला परेको जिल्लाका प्रबक्ता डिएसपी प्रतिकसिंह राठोरले जानकारी दिए ।
सुलभ स्थानीय बिकास रावतका छोरा हुन । उनको शब पोष्ट मार्टम पछि आफन्तले लगेका छन् ।
संगै पौडी खेल्ने क्रममा डुबेर बेत्ता भएकी स्थानीय ११ वर्षीया खुसी सिजापतीको खोजी भइ रहेको छ । प्रहरीका अनुसार उनी स्थानीय गोविन्द सिजापतिकी छोरी हुन ।
उनीहरु दुबै जना शनिबार साँझ साढे ६ बजेतिर गढवा नालास्थित राप्ती नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए । त्यसबारे प्रहरीले राति पौने १० बजे मात्रै सूचना पाएको थियो ।
राति नै स्थानीयसहित घटनास्थलमा पुग्दा प्रहरीले नदी किनारमा उनीहरुले फुकालेर राखेका कपडाहरु फेला पारेको थियो । घटना बारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८३ असार २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *