२०८३ भाद्र १६ गते मङ्गलवार

जेन्जी आन्दोलनका क्रममा तुलसीपुर कारागारबाट भागेका गोबिन्द बिक पक्राउ

तुलसीपुर , असार २८ ।
जेन्जी आन्दोलनका क्रममा गत भदौ २४ गते तुलसीपुर कारागार बाट भागेका गोबिन्द बिक पक्राउ परेका छन् ।
जिल्लाको घोराही उपमहानगरपालिका – १३ बनगाउँका ३३ बर्षीय गोरे भनिने गोविन्द विक खोजतलास गर्ने क्रममा असार २७ गते राति साढे ९ बजेतिर आफ्नै गाएँ घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ परेका हुन ।
एक जना नाबालिक माथि भएको बालात्कार मुद्दामा जिल्ला अदाल दाङते २०७८/०२/२८ गते बिकलाई दोषी ठहर गर्दै २५ वर्ष कैदको फैसला सुनाएको थियो ।
सोही कैद भुक्तानका लागि कारागारमा सजाय भुक्तान गरि रहेका बिक गत भदौ २४ गते जेन्जी आन्दोलनको नाजायज फाइदा उठाउँदै कारागार कार्यालय तुलसीपुर भित्र तोडफोड गरि फरार भएका थिए । जिल्ला प्रहरी प्रबक्ता डिएसपी डा. हेमबहादुर केसीका अनुसार उनलाई गाउँ घरमै लुकिछिपी बसेको अवस्थामा असार २७ गते राति पक्राउ गरिएको हो । हाल प्रहरी हिरासतमा रहेका बिकलाई सोमबार अदालतमा पेश गरिने भएको छ ।

प्रकाशित मिति : २०८३ असार २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *