२०८३ असार २९ गते सोमवार

घट्ट गएका २ जनाको पहिरोमा परि मृत्यु

दाङ, असार २९ ।


कालिकोटमा सोमबार पहिरोमा परि दुई जनाको मृत्यु भएको छ ।
जिल्ला कोसान्नी त्रिवेणी गाउँपालिका– ६ धामीगाउँका ७६ बर्षीय लालबहादुर साउद र ४६ बर्षीय मन्दिर राउदको पहिरोमा परि मृत्यु भएको हो ।
जिल्लाका प्रबक्ता प्रहरी निरीक्षक बर्मा यादवका अनुसार दिउँसो काप्रीखोलाको घट्टमा पिस्न गएका उनीहरुलाई बसिरहेको समयमा २५ करिब मिटर माथिबाट झरेको पहिरोले पुरेको थियो ।

प्रहरी निरीक्षक यादवका अनुसार उनीहरु बिहान ६ बजे घरबाट घट्टमा पिस्न भनेर गएका थिए । घट्टसमेत पहिरोले पुरिएको तथा उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दिउँसो २ बजे घटना बारे थाहाँ पाएपछि प्रहरी चौकी मेहलमुडीबाट प्रहरी सहायक निरीक्षक कृष्णबहादुर खड्का नेतृत्वको प्रहरी घटनास्थल पुगेको थियो ।
घटनास्थल तर्फ जिल्लाका प्रहरी प्रमुख हिमबहादुर खत्रीपनि लागेका छन् ।

प्रकाशित मिति : २०८३ असार २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *