२०८३ असार २९ गते सोमवार

वडा सदस्य बुढाथोकी पक्राउ

तुलसीपुर, असार २९ ।

घोराही उपमहानगरपालिका–१५ का वडा सदस्य लेखनाथ बुढाथोकी सोमबार पक्राउ परेका छन ।
घोराहीका शिक्षा अधिकृत अजय बोहरालाई असार २८ गते बिहान मोबिल खन्याएर दुव्र्यवहार गरेको आरोपमा बुढाथोकीलाई पक्राउ गर्नु परेको जिल्ला प्रवक्ता डिएसपी हेमबहादुर केसीले बताए ।


घोराही–१५ स्थित पद्मोदय पब्लिक नमुना मावि भरतपुरको व्यवस्थापन समितिको निर्वाचन गराउन गएका शिक्षा अधिकृत बोहरालाई मोटरसाइकलमा सवार रहेको समयमा बुढाथोकीले टाउकोबाट मोबिल खन्याइ दिएका थिए ।
सोही आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
बुढाथोकीले विद्यालय व्यवस्थापन समितिको निर्वाचन रोक्न माग गर्दै असार २३ गते उपमहानगरपालिका कार्यालयमा निवेदनसमेत दिएका थिए । उनले गनपुरुक संख्या नपुग्दै बसेको बैठकको निर्णय अनुसार निर्वाचन गैरकानुनी रुपमा गर्न थालिएको भन्दै बिरोध गर्दै आएका थिए ।

प्रकाशित मिति : २०८३ असार २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *