२०८२ चैत्र २ गते सोमवार

नुहाउने क्रममा खोलामा डुबेर एक बालकको मृत्यु

तुलसीपुर,जेठ ४ । दाङमा नुहाउने क्रममा खोलामा डुबेर एक जना बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–१७ का १० वर्षीय बसन्त बोहरा रहेका प्रहरीले जनाएको छ ।

बुधवार तुलसीपुर उपमहानगरपालिका– १७ बघौसीस्थित हापुरखोलामा नुहाउने क्रममा डुबेका बालक अचेत अवस्थामा फेला परेका थिए ।

लगतै राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पुर्‍याइएको बालक बोहराको उपचारका क्रममा मृत्यु भएको तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए ।

प्रकाशित मिति : २०८० जेष्ठ ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *