२०७८ साउन २० गते बुधवार

च्याउ खेति तालिमको उद्घाटन


तुलसीपुर असार ६ । च्याउ खेती सम्बन्धी तालिमको तुलसीपुरमा उद्घाटन गरिएको छ । मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय लुम्बिनी प्रदेशको कार्यालयको सहयोग, तुलसीपुर उपमहानगरपालीकाको कार्यालय र ग्रिन फाउन्डेसन नेपालको साझेदारीमा तुलसीपुर बहुप्राविधिक शिक्षालयद्वारा सञ्चालित तालिमको आइतबार उद्घाटन गरिएको हो ।

उद्घाटन कार्यक्रममा तुलसीपुरकी उपमेयर माया आचार्यले महिलाहरु पनि उद्यमसंग जोडिनु अहिलेको आवश्यकता भएको बताइन् । उपमेयर आचार्यले महिलाहरुमाथि हुने हिंसाका घटनालाई न्यूनिकरणका लागि महिलाहरुलाई आय आर्जनसंग जोड्ने अभियानमा जोडिन आग्रह गरिन ।

कार्यक्रममा तुलसीपुर १२ का अध्यक्ष एवम् शिक्षालय सञ्चालक समिति सदस्य सुर्यबहादुर डाँगी (श्याम)ले तालिम मार्फत प्रत्येक महिलालाई आयआर्जनमा जोड्ने अभियानमा लागेको बताए । रोजगार कार्यक्रमका विज्ञ विनोदकुमार शर्माले प्रत्येक नागरिकलाई उद्यमी बनाउने उद्देश्यले तालिमहरु सञ्चालन गरेको बताए ।

रोजगार कार्यक्रमका महिला विज्ञ सदस्य पुष्पा लामिछानेले महिलाहरुलाई आयआर्जनमा नजोड्दासम्म समृद्ध समाज निर्माणमा कठिनाई हुने भएकाले सबै महिलाहरुलाई स्वरोजगार हुन आग्रह गरिन् ।

उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै तालिमका संयोजक खगेन्द्र अधिकारीले गरेका थिए । सो अवसरमा रोजगार कायक्रमका सहजकर्ता श्रीधरराज भण्डारी , प्रशिक्षक सुमन कुशुवाह लगायतकाले बोलेका थिए । कार्यक्रमको सहजीकरण शिक्षालयका प्रशासन सहायक तिला ढकालले गरेका थिए । तालिममा १३ जना महिलाहरुको सहभागीता रहेको छ ।

प्रकाशित मिति : २०७८ असार ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *