
कपुरकोट, बैशाख ६ । सल्यानको कपुरकोट गाउँपालिकास्तिथ वडा नम्बर ४ को केन्द्रमा पहिलो पकट विजुली बत्ति बलेको छ । सोमबार वडा नं. ४ कार्यालयमा आयोजित एक कार्यक्रममा कपुरकोट गाउँपालिकाका अध्यक्ष भिमबहादुर सेनले ११ केभी विद्युत लाइनको उद्घाटन गरेका हुन ।
सेनले बर्षौं देखिको बिजुली बत्ति बाल्ने सपना पुरा भएको भन्दै विजुली बत्ति जडान गरि भरपुर सदुपयोग गर्न आग्रह गरे । बिधुत विस्तारका लागि गांडापानी सम्म मुख्य लाइनको पोल गाड्ने तथा तार तान्ने काम भइसकेको छ । अव ४ नम्बर वडाका वस्तीहरुमा शाखा लाईन विस्तार गर्न बाँकी रहेको छ ।
वडा नम्बर ४ का वडा अध्यक्ष हरिलाल पुनको अध्यक्षतामा कार्यक्रम भएको हो । उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तिला बुढा मगर, प्रमुख प्रशासकिय अधिकृत मोहन खड्का, नेकपा एमालेका प्रतिनिधि मित्र कठायत, नेपाली कांग्रेसका प्रतिनिधि गोपाल बुढा, माओबादी केन्द्रका प्रतिनिधि खड्क सिंह ठकुरी लगायतले मन्तव्य राखेका थिए ।
