२०८१ बैशाख १९ गते बुधवार

परिवारको एकता नै एकरुपता


निर्मला श्रेष्ठ
संसारको कुना–कुनामा छ्यापछ्याप्ती भाइरल भएको समाचारबाट म पनि अलग हुन सकेन । किनकि म पनि एक सामाजिक प्राणी हुँ र समाजमा नै विलिन हुने एक प्राणी हुँ । मलाई परिवार चाहिन्छ, इष्टमित्र चाहिन्छ, धनदौलत चाहिन्छ, वन, मन पाखापखेरा सबै चाहिन्छ जस्तो अरुलाई चाहिन्छ । कोरोना भाइरस (कोभिड–१९) संसारमा बिगबिगी, हुलदंगा फैलाएर आफ्नो राज गरिरहेको छ । किन यस्तो गरेहोला प्रभु ?

यो भन्दा त हामी केही भन्न गर्न सक्दैनौं तर संसारका धनी बलिया राष्ट्रहरुले यसको समाधानतिर लागिपरेका छन् ।
यो कोरोनाले सब मानवको सपना विपना चकनाचुर गरेर अलपत्र पारेर लान्छ भन्ने सोचेकी पनि थिइन् । तर आज यसले यथार्थबोध गरायो । यो त महापापी रहेछ । यो कसैलाई नचिन्ने आफूलाई मात्र चिनाउने चिज रहेछ । खै ? केही छैन । हामीले आफ्नो घुँडामा बञ्चरो हानिरहेका थियौं । त्यसलाई सतर्कता अपनाउन नसक्दा फैलिरहेको महापापी कोरोना भाइरस ।

हाम्रो बाजेबज्यै भन्ने गर्नुहुन्थ्यो– नानीहरु तिमीहरु किन भनेको मान्दैन हँ ? ‘अति भए खति हुन्छ’ भनेर यी शब्दले हामीलाई अति उपदेश दिदा हामी बोर्डिङमा (निजी विद्यालय) पढ्ने उहाँहरुलाई टेढ पुच्छर लगाउँदैनथ्यौँ । त्यसको अर्थ बुझ्नतिर पनि लागेनौं, सायद उहाँलाई बुढो त्यसबेलाको अनपढ भनेरै होला हेला ग¥यौँ । तर त्यसको अर्थ रहेछ । केही चिजको पनि सीमा हुन्छ धेरै भएपछि सीमा पार गरेपछि नोक्सान हुन्छ, भन्नु भएको रहेछ ।

आजभोलि भौतिक सुखका आडमा ठूलो परिवार झन्झट मान्ने गर्छन् । सानो परिवार सुखी परिवार रे ! हो त ठूलो परिवार र आफूभन्दा अग्रज भएको र नभएको तुलना गरौं आकाश जमिनको फरक हुन्छ । हामी हाम्रो बाबुआमा जो जसको साथमा हुनुहुन्छ त्यहाँहरु संसारकै भाग्यमानी हुनुहुन्छ । धन, दौलत भएर मात्र भाग्यमानी हुँदैन, जसको साथमा हुनुहुन्छ त्यहाँहरुको सम्मान गर्न सिकौं, नजिकको तीर्थ हेला नगरौं ।

त्यस्तै अहिले वैज्ञानिक होडबाजीको युगमा जे गरे पनि हुन्छ । जे खाए पनि हुन्छ । जस्तो गरे पनि हुन्छ भन्दा कहाँ हुँदो रहेछ । फलस्वरुप आज ढिलो भएपनि प्रकृति विपरीतको प्रतिफल नमीठो गरी भोग्नु परिरहेको छ र भोग्न बाध्य छौँ । चरा, मुसा, सर्प, किराफट्याङ्ग्राको मासु उमालेर खाने, अनि मृत्यु भइसकेको पार्थिव शरीर नजलाएर त्यस्तै गाडीदिनु जस्ता कुराले प्रकृतिलाई नै नकारात्मक असर अथवा च्यालेन्ज दिएजस्तो हुन्छ । त्यही घुमीफिरी अनेकौं रोग भाइरल बनी फेरी हामीसँग पैठेजोरी खेल्न आइदिन्छ कठै ! हामी विवश ।

सकारात्मक तरिकाले सोच्ने हो भने कोरोना भाइरस जति नराम्रो छ केही कुरामा राम्रो खबर ल्याए जस्तो पनि लाग्छ । त्यस्तो नहुन सक्छ । तर बर्षौदेखि अलग भएका आफ्ना परिवार यसैले गर्दा एकै ठाउँमा ‘भय’ले होस् या मायाले जम्मा भएर बसेका छन् । दुःख, सुख त साटेका छन् एकअर्कामा । यही विषयमा म मेरो कलम कोरोनाको विषयमा चलाउन चाहन्छु ।

आजभोलि भौतिक सुखका आडमा ठूलो परिवार झन्झट मान्ने गर्छन् । सानो परिवार सुखी परिवार रे ! हो त ठूलो परिवार र आफूभन्दा अग्रज भएको र नभएको तुलना गरौं आकाश जमिनको फरक हुन्छ । हामी हाम्रो बाबुआमा जो जसको साथमा हुनुहुन्छ त्यहाँहरु संसारकै भाग्यमानी हुनुहुन्छ । धन, दौलत भएर मात्र भाग्यमानी हुँदैन, जसको साथमा हुनुहुन्छ त्यहाँहरुको सम्मान गर्न सिकौं, नजिकको तीर्थ हेला नगरौं । नहुनेहरुले पनि आफ्नो बुवाआमाको नाममा गरिब, असहाय, दिनदुःखीहरुलाई हेर्ने कुनै एउटा संस्था बनाऔं । कुनै स्वार्थभावले प्रेरित नभएर आफ्नो बुवाआमालाई माया, सम्मान गर्न नपाएर के भो त ? बाँचेका बाबुआमाले आशीर्वाद दिदा हामी जे काम गर्दा पनि बुवाआमाको आशीर्वाद लाग्छ ।

एउटा फण्ड खोलौं, एक–एकजनाले गर्दा त्यो कमजोर हुन्छ । सबै मिलेर गर्दा त्यो नदीजस्तो ठूलो भई हरेक दुःखी बुवाआमालाई सहयोग गर्न सकिन्छ । हामी सामाजिक प्राणी सामाजिक कार्य गर्दा खुशी मान्नुपर्दछ । एकअर्काको सम्मानु गर्नु पनि हाम्रो कर्तव्य हो, परम्परा हो । ‘मै खाउ मै लाउ सुख सयल मोज गरु, मै नाचु मै बाचु अरु सब मरुन दुर्वल हरु’ भनेजस्तो गर्नुहुँदैन ।

हाम्रा अग्रज तथा पूर्वजहरुबाट सिकेका कुरा १०० मा २५÷३० प्रतिशत व्यवहारमा लागू गर्न सक्यौं भने हामी धेरै विद्वान् कहलिने थियौं । अहंकारी हुने थिएनौं । अहंमतालाई त्यागी सोहम भन्नेतिर लागौं यसमा नै सबैको कल्याण हुनेछ । हाम्रो हिन्दूशास्त्रमा उठबसका धेरै अर्ति उपदेशका कुराहरु छन् । मैले अध्ययन गर्ने मौंका त पाएकी छैन तर पनि आफ्नो अनुभवको आधारमा यो कुराहरु लेखिरहेकी छु ।

हामी हाम्रो परिवारमा छोराछोरी विहे नगरुञ्जेल र अलग नहुँदासम्म उनीहरुको अभिभावकको रुपमा काम गर्छौ । तर थोरै अनुभव भन्नुपर्दा कुनै राष्ट्रमा बालबालिकाहरु वयस्क हुनासाथ आमाबुवाबाट टाढा भई आफ्नो साथीभाइ लिई अलग बस्छन् । त्यही कारण उनीहरु कतिपय कुरामा स्वतन्त्रता चाहन्छन् । पाश्यात्य जीवनशैली अलि राम्रो पनि छ । हाम्रो लागि अलि अपच पनि रहेको छ । किनकी हामी हिन्दूधर्ममा धेरै थोरै भएपनि प्रेरित छौं । हामी श्रीमानलाई पति परमेश्वर मान्दछौं भने उनीहरु श्रीमान श्रीमतीलाई सायद त्यति मान्यता दिदैनन् होला । श्रीमानको देहावसन पछि हामी हाम्रो शृङ्गारलाई बली दिन्थ्यौं अब त अलि सुधार तथा परिवर्तन आइसक्यो ।

आजभोलिका नानाथरी नामै नसुनेका ब्राण्डका खानेकुराले मानिसलाई अस्वस्थ तथा अनेकौं रोगहरु निम्त्याइरहेको छ । त्यसैले आध्यामिक शैलीमा बाँचौं । प्रकृतिलाई असर नपारौं, हराभरा बनाऔं । प्रकृतिबाट आएका चिजविजलाई उपहारको रुपमा सहर्ष स्वीकारौं । स्वस्थ रहौं, जीवनलाई लम्ब्याऔं ।

अहिले विश्वमा फैलिएको कोरोना भाइरस महामारीको प्रकोपको बेलामा एकअर्कासँग नदाजाँै, मिलेर, एकजुट भएर अगाडि बढौं । ‘ढुंगालाई माटोको भर, माटोलाई ढुंगाको भर’ भनेझैं हामी एकअर्कामा आश्रित छौं झैझगडालाई त्यागी प्रेमलाई अंगालौं । कोरोना भाइरस हामी यसलाई नदेखिनेगरी आएपनि अति नै भयावह स्थिति सिर्जना गरेको छ । भौतिक सुखलाई च्यालेन्ज दिन घरदैलोमा आयो । धनी, गरिब नहेरी त्यसमा समानता ल्यायो ।

अहिलेको अवस्थमा कोरोना भाइरसले एउटा पाठ के सिकाएको जस्तो लाग्छ भने आखिर जानु त छ नै तर उदाहरणीय कार्य गर, भोलि होइन आजै गर । भोलिको निश्चितता केही छैन । समाजमा मिलेर बस । धनी र गरिबको अहंमता त्यागी देऊ । सबैको उद्धार गर आपतविपदको बेलामा । भौतिक सुखमा नअलमलाउ जस्ता कुराहरु सिकायो । अनि हामी प्रकृतिले दिने र दिएका कुराहरुसँग खेलवाड नगरौं । उसले दिएका उपहारलाई स्वीकार्न सिकौं ।

जीवनमा तीता र मिठा दुबै जीवनोपयोगी छन् । घामले दिनमा उज्यालो र सौर्य शक्ति दिन्छ भने चन्द्रमाले रातिको समयमा उज्यालो र शितलता दिन्छ । प्रकृतिले हामीलाई धेरै कुरा सिकाएको छ । खानपान तथा रहनसहनमा ध्यान दिऊ । शाकाहारी आएर हामीलाई कहिल्यै पनि हानी नोक्सानी गर्दैन । आजभोलिका नानाथरी नामै नसुनेका ब्राण्डका खानेकुराले मानिसलाई अस्वस्थ तथा अनेकौं रोगहरु निम्त्याइरहेको छ । त्यसैले आध्यामिक शैलीमा बाँचौं । प्रकृतिलाई असर नपारौं, हराभरा बनाऔं । प्रकृतिबाट आएका चिजविजलाई उपहारको रुपमा सहर्ष स्वीकारौं । स्वस्थ रहौं, जीवनलाई लम्ब्याऔं । सदैव अरुको मद्दत गरौं । परिवारको एकता नै एकरुपता हो ।

प्रकाशित मिति : २०७६ चैत्र १९ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *