२०८१ जेष्ठ ५ गते शनिवार

आज नेपाल र वेस्ट इन्डिज ‘ए’ बीच तेस्रो टी-२० खेल हुँदै


काठमाडौं,बैशाख १९ । नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको पाँच खेलको टी-२० सिरिजको तेस्रो खेल बुधबार हुँदैछ।

टियू मैदान, कीर्तुपुरमा १२:१५ मा सुरु हुने खेलमा दुबै टोली सिरिजमा अग्रता बनाउने उद्देश्यसहित मैदान उत्रिँदै छन्। यसअघि भएका दुई सिरिजमा दुबैले १-१ जित निकालेका छन्।

सिरिजको पहिलो खेलमा नेपाल ४ विकेटले विजयी हुँदा दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ ले १० रनको जित निकालेको थियो। नेपालले पहिलो खेलमा २०५ रनको लक्ष्य सफलतापूर्वक चेज गरेपनि दोस्रो खेलमा भने १ सय ६१ रनको लक्ष्य भेट्याउन असफल भयो।

दुबै खेलमा नेपालका कप्तान रोहित पौडेलले उत्कृष्ट प्रदर्शन गरेपनि अन्य खेलाडीको प्रदर्शन भने अपेक्षित रहन सकेको छैन। टी-२० विश्वकपको टोली घोषणा नजिक रहेको नेपालले अझै आफ्नो १५ सदस्यीय टोलीको फाइनल गर्न सकेको छैन।

सम्भवत: आजको खेलको प्रदर्शनपछि नेपालले विश्वकप टोलीको घोषणा गर्ने सम्भावना रहेको छ।

वेस्ट इन्डिजको ‘ए’ टोलीले पनि नेपालविरुद्ध अपेक्षित प्रदर्शन गर्न सकेको छैन। नेपाल भ्रमणमा आएको टोलीबाट केही खेलाडीलाई १५ सदस्यीय टोलीमा समेट्ने प्रयासमा रहेको वेस्ट इन्डिजले गतिलो छाप छोड्न नसकिरहेको टोलीबाट कुन-कु खेलाडीलाई समेट्ला त्यो भने महत्त्वपूर्ण हुनेछ।

यद्यपि वेस्ट इन्डिज ‘ए’ का खेलाडीलाई पनि आज आफ्नो प्रदर्शन देखाउँदै विश्वकप टोलीमा पर्ने दबाब रहने छ।

प्रकाशित मिति : २०८१ बैशाख १९ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *