२०८१ असार ८ गते शुक्रवार

आगलागीबाट २५ लाख बराबरको क्षति

बाँके,बैशाख १९ । बाँकेको राप्तीसोनारी गाउँपालिका-८ स्थित बालापुरमा आज भीषण आगलागी भएको छ ।

बालापुरका स्थानीय चुनलाल थारू, कमला गिरी र तुलसा गिरीको दुई गोठ र दुई घरसहित चार संरचनामा आगलागी हुँदा क्षति भएको राप्तीसोनारी –८ का वडाध्यक्ष शालिकराम डाँगीले जानकारी दिए।

उनका अनुसार थारुको घरमा रहेको अन्नपात, लत्ताकपडालगायत गरगहनासमेत जलेर नष्ट भएको छ । स्थानीय गिरी परिवारको एकएक गोठमा लागेको आगलागीमा परेर भेडा, बाख्रा, भैँसी जलेर मरेको वडाध्यक्ष गिरीले उल्लेख गरे ।

घटनाको सबै विस्तृत विवरण आएको नआएको र क्षतिको विवरण संकलन भइरहेको बताइएको छ ।

करिब दुई घण्टा लगाएर अग्नि नियन्त्रक उपकरणका साथै दमकलसहित गएको टोलीले करिब तीन घण्टा लगाएर आगो नियन्त्रणमा लिएको थियो ।

विद्युतीय अनियमितता कारण एक्कासि सल्किएको आगो केहीबेरमै नियन्त्रण बाहिर जाँदा त्यहाँ रहेका लत्ताकपडा, गरगहना, घर पालुवा जनावरलगायत अन्न जलेर नष्ट भएको हो । आगलागीका कारण करिब रु २५ लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ ।

यसबाहेक राप्तीसोनारी वडा नं २ का जङ्गलमा पनि डढेलो लागको छ । दिउँसोमा चल्ने तातो हावाले डढेलोलाई फैलाउन सहयोग गरेको शमशेरगन्ज सव डिभिजन कार्यालय बाँकेले जनाएको छ ।

प्रकाशित मिति : २०८१ बैशाख १९ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *