
घोराही, बैशाख १९ । अल्लो राम्रो आम्दानीको स्रोत बनेको छ । वन जंगल तथा खोलाहरुमा कुहिएर खेर जाने अल्लो प्रशोधन गरी धागो तयार हुन्छ । त्यसबाट महिलाहरु आय आर्जन गर्दै आएका छन् ।
त्यसबाट कपडा उत्पादन सम्वन्धि सिप सिकेपछि महिलाहरुले राम्रो आम्दानी गर्दै आएका हुन । अल्लो धागो तथा कपडा उत्पादन गरेर आम्दानी गर्ने महिला मध्य एक हुन घोराही उपमहानगरपालिका–१३ बडहरा निवासी दिलकुमारी पुन ।
विगत १८ बर्षदेखि अल्लो धागो तथा कपडा उत्पादनमा संलग्न दिलकुमारीले विगत सात बर्षदेखि घोराहीमा विश्वासिलो अल्लो धागो तथा कपडा उद्योग स्थापना गरेर व्यवसायिक रुपमा अल्लो धागो तथा कपडा उत्पादनको काम गर्दै आएकी छन् ।
२०५७ सालमा रुकुमबाट दाङ झरेकी उनले २०६२÷०६३ सालदेखि अल्लो धागो सम्वन्धी काम गर्दै आएकी छन् ।
२०७३ सालमा विश्वासिलो अल्लो धागो तथा कपडा उद्योग स्थापना गरेर व्यवसायिक उत्पादनमा लागेकी पुनले अहिले बार्षिक करिव २५÷३० लाखसम्मको कारोवार गर्दै आएकी छन । धागो तथा कपडा उत्पादनका लागि आवश्यक कच्चा पदार्थ उनले हिमाली जिल्लाबाट ल्याउने गर्छिन ।
कच्चा पदार्थ प्रशोधनसँगै धागो तथा कपडा उत्पादनको काम गर्दै आएकी उनले उद्योगमा आफु जस्ता ३० देखि ३५ जना महिलालाई रोजगारी दिएकी छन ।
सुदुरपश्चिम तथा कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट कच्चा पदार्थ ल्याउने र घोराहीमा प्रशोधन गरेर धागो तथा कपडा उत्पादन गरेर बिक्री गर्दै आएकी छन् ।
ज्स्ले जिल्ला बाहिरबाट कच्चा पदार्थ ल्याउने र यहाँ प्रशोधन गरेर धागोसँगै कपडाहरु उत्पादन गरेर बिक्री गर्ने गर्दै आएकी छन् ।
उद्योगका लागि आवश्यक कच्चा पदार्थ कर्णाली तथा सुदुरपश्चिमका अछाम, कालिकोट, दार्चुलालगायतका जिल्लाबाट ल्याउने गरेको पुनले बताइन ।
ं उद्योगबाट महिला तथा पुरुषका लागि आवश्यक पर्ने तयारी पोसाक अन्तर्गत कोट, झोला, टोपी, पछ्यौंरी, जुत्ता,पर्स,लुंगीलगायत विभिन्न सामग्री बनाउने गर्दै आएकी छन् ।
यहाँ उत्पादन गरिएका कपडा तथा प्रशोधित धागो जिल्लासँगै काठमाडौं, पोखरा, हेटौडालगायतका विभिन्न बजारमा बिक्री गर्दै आएको उद्योगकी अर्की सञ्चालिका मनमाया पुन बताइन ।
‘यहाँको उत्पादन जिल्लाबाहिर नै बढी बिक्री हुन्छ । विशेष गरेर विदेशीले मन पराउने भएका कारण काठमाडौ नै पठाउने गरेका छौ,’ उनले भनिन् ‘राम्रो बिक्री भएको एकै सिजनमा ५÷६ लाख कमाई हुने गर्छ ।’
पुन सिजनको समयमा मेला महोत्सवमा पनि बिक्रीका लागि जाने गर्छिन । अल्लो धागो प्रशोधनसँगै उत्पादनमा धेरै मेहनत लाग्ने गर्छ । तर, आम्दानी पनि हुने गरेका कारण आफुहरु सन्तुष्ट रहेको पुन बताउँछिन ।
यो धागो बनाउने परम्परागत बिधि हो । यसरी अल्लो प्रशोधन गरेर धागो उत्पादन गर्न मेहनत चाहिन्छ । भने काचो कपडा बनाउनका लागि धेरै मेहनत गर्नु पर्छ ।
अल्लोको धागो तथा कपडा उत्पादनका लागि बाहिरबाट आएको कच्चा पदार्थलाई पकाउनेदेखि पानीमा धुने, कमेरो माटो लगाउने, घाममा सुकाउनेलगायतका काम महिलाहरु आफैले गर्ने गर्छन । यो सवै प्रक्रिया पुरा गरेपछि मात्रै धागो काट्नका लागि भुवा तयार हुने गर्छ । उद्योगमा काम गर्ने महिलाहरुलाई ८ घण्टा काम गरेबापत ५ सय रुपैयाँका दरले आर्जन गर्छन ।
तस्बिर : फरककोण ।
