२०८१ बैशाख १९ गते बुधवार

पश्चिम दाङमा तारानाथ योगी र वशन्त देवकोटाको सालिक निर्माण गरिनु पर्छ – सुरेश हमाल


शान्तिनगर, चैत २३ । नेपाली काँग्रेस तुलसीपुर उपमहानगरपालिकाका सभापति सुरेश हमालले पार्टीमा योगदान गरेका स्वर्गीय नेताहरुको सालिक निर्माणका लागि स्थानीय पालिकाहरुले भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।


बिहीबार शान्तिनगर गाउँपालिकाको सभाहलमा आयोजित नेपाली काँग्रेस निर्वाचन क्षेत्र नं. ३ (२) ले आयोजना गरेको क्षेत्रीय सभालाई सम्बोधन गर्दै नगर सभापति हमालले नेपाली काँग्रेस भएकै कारण तत्कालिन बिद्रोही नेकपा माओबादीबाट हत्या गरिएका श्रीगाँउका तारानाथ योगी र युवा अबस्थामा मृगौला लगाएतका समस्याका कारण मृत्यु भएपनि पार्टी संगठन निर्माणमा अतुलनिय योगदान गरेका तत्कालिन दाङ क्षेत्र नं. ५ का सभापति वशन्त देवकोटाको सम्मानको खातिर सालिक निर्माण गर्न सम्बन्धित पालिकाहरुले भूमिका खेल्नु पर्ने बताएका हुन ।


‘दंगीशरण गाउँपालिका र शान्तिनगर गाउँपालिकामा यतिखेर नेपाली काँग्रेसले जितेको हुँदा उहाँहरुको नाममा पालिका भित्रका सडकको नामांकरणका साथै उपयुक्त स्थानमा उहाँहरुको सालिक निर्माणका लागि भूमिका खेल्न सक्नु पर्छ,’ हमालले भने ‘अग्रज नेताहरुको मेहनत, त्याग र सर्मपनका कारण लोकतन्त्र आएको हुँदा त्यो उहाँहरुको भावना जोगाइ नराख्न नसक्ने हो भने पार्टी कमजोर हुँदै जाने छ ।’


माओबादीद्धारा हत्या गरिएका योगी र देवकोटा दंगीशरण गाउँपालिकाका हुन ।
नगरसभापति हमालले पार्टीमा अग्रजको सम्मानका साथै संभावना बोकेका युवा पुस्तालाई संभव भएसम्म जनप्रतिनिधि र नेताहरुले हरेक स्थानमा अबशर सृजना गर्नुपर्ने बताएका थिए ।


कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल बिद्यार्थी संघका केन्द्रीय सदस्य रबी बुढाथोकीले जनप्रतिनिधि र सांसदहरु निर्वाचित भइ सकेपछि सर्वसाधारण नागरिकको घर दैलोमा पुगेर कुरा सुन्ने, उनीहरुका माग कार्यान्वका लागि पहल गर्ने, उनीहरुका सुख, दुःखमा सहभागी हुने क्रम भुत्ते भएको भन्दै त्यसमा लाग्न आग्रह गरेका थिए ।


‘ आदनिय केन्द्री सदस्य दीपक गिरीलाई निर्वाचित गराउन म जस्ता युवाहरु आ–आफ्नो क्षेत्रमा खटिएनौं मात्रै हामी उहाँले जिते यस्तो गर्छौं भनेर जमानी बसेका छौं,’ बुढाथोकीले भने ‘ आज निर्वाचित भएपछि दीपक दाइ काठमाडौं धेरै बस्ने र मतदाता भेट्न निकै कम मात्रै जाने गर्दै आउनु भएको छ र त्यसबाट मतदाता खुसी छैनन् ।’

नेपाली काँग्रेस दाङ क्षेत्र नं. ३ (२) का सभापति खिमबहादुर वलीको अध्यक्षता, प्रमुख अतिथि केन्द्रीय सदस्य तथा पूर्व सिंचाई मन्त्री दीपक गिरी र अर्का केन्द्रीय सदस्य गेहेन्द्र गिरी र जिल्ला पार्टी सभापति शंकरप्रशाद डाँगीको बिशिष्ट आथित्यमा कार्यक्रम भएको थियो ।


त्यसअघि कार्यक्रमलाई दाङ क्षेत्र नं. ३ का सचिव शोभाकर सापकोटा, दंगीशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरी, बबई गाउँपालिकाका सभापति प्रकाश बस्नेत, शान्तिनगरका सभापति झलक केसी, दंगीशरण गाउँपालिकाकी उपप्रमुख पीमा वली खड्का, शान्तिनगर – ३ का वडाध्यक्ष मिनबहादुर केसी, काँग्रेस बबई – २ का सभापति महारुद्र अधिकारी, क्षेत्रीय प्रतिनिधि मोहन केसी लगाएतले सम्बोधन गरेका थिए ।


नेपाली काँग्रेस दाङ क्षेत्र नं. ३ (२) का उपसभापति दोर्ण देवकोटाको स्वागत मनतब्यबाट सुरु भएको कार्यक्रममा सचिव लेवाराम केसीले सांगठनिक प्रतिबेदन र कोषाध्यक्ष टोपेन्द्रा खड्काले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।


कार्यक्रमको सहजीकरण अर्का सचिव भद्रबहादुर खड्काले गरेका थिए ।

प्रकाशित मिति : २०८० चैत्र २२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *