२०७७ कार्तिक ४ गते मङ्गलवार

शान्त बन्दै हापुरे

झुपलाल क्षेत्री, दाङ।

शनिवार बेलुका ५ बजेतिर बसको ठक्कर वाट बबई गाउँपालिका वडा नं. ५ का २३ बर्षीय मानसिंह वलीको शव सोमवार बेलुका साढे ६ बजेतिर उठाइएको छ । पीडित पक्ष, यातायात प्रालि र स्थानीय तहका प्रतिनिधिहरुबीचको छलफलपछि मृतकका परिवारलाई बिमा वाफतको ५ लाख रुपैयाँ र प्रालिको तर्फबाट परिवारलाई राहत स्वरुप एक लाख ५० हजार रुपैयाँ उपलब्ध गराउने, तत्काल शव उठाएर दाहसंस्कार गर्ने, स्थानीय तहले आवश्यक राहत उपलब्ध गराउने र पीडित परिवार विपन्न परिवार भएकाले रोजगारको अवसर प्रदान गर्ने सहमति भएको छ ।

पुरन्धारा झरना बाट पिकनिक खाएर तुलसीपुर तर्फ आउँदै गरेको राप्ती यातायात सेवा प्रालीको ना २ ख ९६३५ नम्वरको बसले व्याक गर्ने क्रममा वलीलाई ठक्कर दिदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । वार्तामा बसेका एकजना व्यक्तिका अनुसार मृतकको परिवार र बालवालिकालाई अवसर आएमा गाउँपालिकाले प्रथामिकतमा राखेर रोजगारका लागि सिफारिस गर्ने सहमति पनि भएको छ । यो सहमति संगै अव त्यहाँ सवारी साधन पनि संचालनमा आउन थालेको प्रहरीले जानकारी दिएको छ । घटनास्थल बाट दाङ जिल्ला प्रहरी प्रवक्ता एवं डिएसपी रामप्रशाद घर्तीले दिएको जानकारी अनुसार शव पोष्ट मार्टमको लागि तुलसीपुरस्थित राप्ती अंचल अस्पतालमा ल्याउन लागिएको छ ।

यसअिघ चालकले मदिरा सेवन गरि लापरवाही पूर्वक बस चलाएको हुँदा व्याक गर्ने क्रममा उक्त दुर्घटना भएको आरोप स्थानीयले लगाउँदै आएका थिए । उनीहरुले दोषी चालकलाई कारवाहीको माग गर्दै आइतवार दिनभर जसो नारावाजी गर्दे प्रर्दशन गरेका थिए । उत्पन्न समस्या समाधान गर्न स्थानीय सरकार, प्रहरी प्रशासनले समयमै चासो नदिएको स्थानीयको आरोप थियो । उनीहरुले आइतवार दिनभर जसो बबई गाउँपालिकाको कार्यालय घेराउ गरेका थिए ।

यो पनि पढ्नुहोस 

तीन दिनदेखि शब सकडमै

स्थानीयले नारावाजी गर्दै बबई गाउँपालिका घेरे (भिडियो सहित)

तुलसीपुर–सुर्खेत सडक खण्ड अवरुद्ध

प्रकाशित मिति : २०७५ कार्तिक २६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *