२०७७ कार्तिक ४ गते मङ्गलवार

तीन दिनदेखि शब सकडमै

 

 

झुपलाल क्षत्री, हापुरे ।  बसको ठक्करवाट स्थानीय एकजना युवाको मृत्यु भए पछि तीन दिनदेखि हापुरे बजार अशान्त बनेको छ । यो खवर तयार पार्दासम्म मृतकको शव सडकमै छ । 

शनिवार बेलुका ५ बजेतिर बसको ठक्कर वाट बबई गाउँपालिका वडा नं. ५ का २३ बर्षीय मानसिंह वलीको घटनास्थलमै मृत्यु भएको थियो । 

पुरन्धारा झरना बाट पिकनिक खाएर तुलसीपुर तर्फ आउँदै गरेको राप्ती यातायात सेवा प्रालीको ना २ ख ९६३५ नम्वरको बसले व्याक गर्ने क्रममा वलीलाई ठक्कर दिएको  प्रहरीले जानकारी दिएको छ   

शवको दिनरात प्रहरीले सुरक्षा दिदै आएको छ । उत्पन्न समस्या समाधान गर्न स्थानीय सरकार, प्रहरी प्रशासनले समयमै चासो नदिएको स्थानीयको आरोप छ । चालकले मदिरा सेवन गरि लापरवाही पूर्वक बस चलाएको हुँदा व्याक गर्ने क्रममा उक्त दुर्घटनान भएको आरोप स्थानीयले लगाउँदै आएका छन् । उनीहरुले दोषी चालकलाई कारवाहीको माग गर्दै आइतवार दिनभर जसो नारावाजी गर्दे प्रर्दशन गरेका थिए ।  स्थानीयले आइतवार दिनभर जसो बबई गाउँपालिकाको कार्यालय घेराउ गरेका थिए । 

तर,दाङका निमित्त प्रहरी प्रमखु एवं डिएसपी रामप्रशाद घर्तीले भने बसका ठक्कर बाट मृत्यु पछि पिडित पक्षले प्रचलित नियम विपरित क्षतिपुर्ती बाफत ठूलो रकम माग गर्दा समस्या उत्पन्न भएको जानकारी दिए । ‘हिजोको मेरो प्रयास सफल भएन  र आज फेरि म विहानै अधिकारकर्मीसहित समस्या समाधान गर्न भनि जाँदैछु ।’ घर्तीले भने । 

मृतकका परिवारलाई उचित क्षतिपुर्ती उपलब्ध गराउने सवालमा प्रहरी प्रशासन र प्रालीका पदाधिकारीको बीचमा मिलेमतो रहेको आरोप स्थानीयले लगाउँदै आएका छन् ।  घटना पछि  तुलसीपुर–सुर्खेत सडक खण्डमा सवारी साधन पनि संचालनमा आउन सकेका छैनन् ।

प्रकाशित मिति : २०७५ कार्तिक २६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *