२०८१ बैशाख १३ गते बिहिवार

स्थानीयले नारावाजी गर्दै बबई गाउँपालिका घेरे (भिडियो सहित)

झुपलाल बुढा क्षत्री, हापुरे ।

हापुरेका स्थानीयले नारावाजी गर्दै बबई गाउँपालिका घेराउ गरेका छन् । सयौंको संख्यामा रहेका स्थानीयले स्थानीय सरकार होसियार, हत्यारालाई कारवाही गर, पिडितलाई उचित क्षतिपुर्ती दे भन्ने जस्ता नारावाजी लगाउँदै हापुरेस्थित गाउँपालिका कार्यालय घेराउ गरेका छन् ।
आक्रोसित भिड बाट संभावित तोडफोड हुन सक्ने कुरालाई मध्यनजर गर्दै यो खवर तयार पार्र्दै गर्दा त्यहाँ अहिले ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको छ । घोराही बाट समेत त्यहाँ सहयोगको लागि प्रहरी पठाइएको छ । जिल्लाका निमित्त प्रहरी प्रमुख समेत त्यहाँ पुगेका छन् । बसको ठक्कर बाट स्थानीय एकजना युवाको मृत्यु भए पछि पिडित परिवारलाई उचित क्षतिपुर्ती उपलब्ध गराउने सवालमा मिलेमतो भएको भन्दै स्थानीयले नारावाजी गर्दै गाउँपालिका कार्यालय घेराउ गरेका हुन ।

यसअघि स्थानीयले आइतवार विहानैदेखि तुलसीपुर–सुर्खेत सडक खण्ड अवरुद्ध गर्दै आएका छन् । शनिवार बेलुका ५ बजेतिर बसको ठक्कर वाट बबई गाउँपालिका वडा नं. ५ निवासी २३ बर्षीय मानसिंह वलीको घटनास्थलमै मृत्यु भएको थियो ।

पुरन्धारा झरना बाट पिकनिक खाएर आउँदै गरेको राप्ती यातायात सेवा प्रालीको ना २ ख ९६३५ नम्वरको बसले व्याक गर्ने क्रममा वलीलाई ठक्कर दिदा घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । पिडित पक्षले वलीको शव उठाउन अझैं मानेको छैन । प्रहरीले वलीको शवलाई रातभर सडकमै बसेर सुरक्षा दिएको थियो । चालकले मदिरा सेवन गरि लापरवाही पूर्वक बस चलाएको हुँदा व्याक गर्ने क्रममा सावधानी नपनाउँदा उक्त दुर्घटनान भएको आरोप स्थानीयले लगाउँदै दोषीलाई कारवाहीको माग गर्दै आएका छन् ।

यो पनि पढ्नुहोस 

तुलसीपुर–सुर्खेत सडक खण्ड अवरुद्ध

प्रकाशित मिति : २०७५ कार्तिक २५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *