दाङ, फागुन २७ । नेपाली कांग्रेसले दीपक खड्कालाई आमन्त्रित केन्द्रीय सदस्य पदमा मनोनीत गरेको छ ।
संखुवासभाबाट प्रतिनिधि सभा सांसद खड्कालाई पार्टी सभापति शेरबहादुर देउवाले आमन्त्रित केन्द्रीय सदस्यमा मनोनित गरेका हुन।
मुख्यसचिव कृष्णप्रसाद पौडेलले सो बारे जानकारी दिएका छन् ।
प्रकाशित मिति : २०८० फाल्गुन २७ गते आइतवार