२०८२ माघ २३ गते शुक्रवार

रेशम चौधरीको मुद्दामा विपक्षी झिकाउने सर्वोच्चको आदेश

काठमाडौं‌, माघ २३ । कैलालीको टिकापुर घटनामा जेलमा रहेका पूर्वसांसद रेशम चौधरीको मुद्दामा सर्वोच्च अदालतले विपक्षीलाई झिकाउन आदेश दिएको छ।

आइतबार सर्वोच्च अदालतका न्यायाधीशद्वय टंकबहादुर मोक्तान र मनोजकुमार शर्माको संयुक्त इजलासले प्रत्यर्थी झिकाउने आदेश दिएको हो।

यसअघि तीन पटक पेशी तोकिए पनि सर्वोच्चमा सुनुवाइ हुन सकेको थिएन।

कर्तव्य ज्यानको मुद्दामा रेशमलाल चौधरीसहित सिताराम चौधरी, हरिनारायण चौधरी, गंगाराम डगौरा चौधरी, वीरबहादुर चौधरी, श्रवण चौधरी, चुन्नीराम चौधरी, रामकुमार कठरिया, राजकुमार कठरिया, सुन्दरलाल कठरिया, बृजमोहन डगौरा चौधरी, राजेश चौधरी, प्रदीप चौधरी र लक्ष्मण थारुले उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्चमा निवेदन दिएका थिए।

उनीहरुविरुद्ध कर्तव्य ज्यानको कसुरमा जन्मकैदको फैसला भएपछि त्यसविरुद्ध सर्वोच्चमा पुनरावेदन गरेका हुन्। २०७२ भदौ ७ गते टिकापुरमा थारुवान आन्दोलनको क्रममा एक नाबालकसहित ८ जना सुरक्षाकर्मी मारिएका थिए।

सोही मुद्दामा जिल्ला र उच्च अदालतले जन्मकैदको फैसला गरेपछि यो मुद्दा सर्वोच्च पुगेको हो।

 

प्रकाशित मिति : २०७९ माघ २३ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *