२०८३ भाद्र १० गते बुधवार

सभामुख चुनावबारे कांग्रेससहित सरकारबाहिरका दलहरु छलफलमा

काठमाण्डौ ,माघ ४ । नेपाली कांग्रेसबाट सभामुखमा ईश्वरी न्यौपानेले मनोनयन दर्ता गराएपछि कांग्रेससहित जसपा लगायतका नेताहरु छलफलमा जुटेका छन् ।

जसपा संसदीय दलको नेता रामसहायप्रसाद यादव कांग्रेस संसदीय कार्यलय आइपुगेपछि नेताहरु छलफलमा जुटेका हुन् । भोलि बिहीबार सभामुखको चुनाव हुँदैछ ।

सत्ता बाहिर रहेका दल नेपाली कांग्रेस, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले उपसभामुखबारे पनि टुंगो लगाउने बताइएको छ ।

 

प्रकाशित मिति : २०७९ माघ ४ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *