२०८१ बैशाख १३ गते बिहिवार

कर्णाली प्रदेश सभाको सभामुख चयनका लागि माघ १ गते निर्वाचन

सुर्खेत, पुस २५ । कर्णाली प्रदेश सभाको सभामुख चयनका लागि माघ १ गतेको समय दिइएको छ।

सोमबार बसेको कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको दोस्रो बैठकले माघ १ गते सभामुख चयनका लागि निर्वाचन मिति तोकेको हो।

कर्णाली प्रदेश सभा नियमावली, २०७९ को नियम ७ बमोजिम प्रदेश सभाका ज्येष्ठ सदस्य विनोदकुमार शाहले माघ १ गते दिउँसो १ बजे निर्वाचन तोकेका हुन्।

निर्वाचन सम्पन्न गर्नका लागि प्रदेश सभा नियमावली, २०७९ को नियम ७ ९१० बमोजिम प्रदेश सभा सचिवालयले सोमबार नै सूचना जारी गर्दैछ।

कर्णाली प्रदेश सभाको अर्को बैठक माघ १ गते बिहान ११ बस्नेछ।

प्रकाशित मिति : २०७९ पुष २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *