काठमाडौँ,पुस ६ । कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा चयन भएका छन्।
बुधबार बिहान सम्पन्न भएको मतदानमा पार्टी सभापतिसमेत रहेका देउवाले ३९ मतान्तरले गगन थापालाई पराजित गरेका हुन्।
देउवाले ६४ मत प्राप्त गरे भने थापाले २५ मत प्राप्त गरे।
कांग्रेस महामन्त्रीसमेत रहेका गगनलाई आफ्नै समूहका ६ सांसदहरूले मत हालेनन्।
उनी डा. शेखर कोइराला नेतृत्वको संस्थापनइतर समूहबाट उम्मेदवार बनेका थिए। कोइरालाको समूहमा ३१ जना सांसद रहेका छन्।
निर्वाचमा कुल ८९ मत खसेको थियो। आज बिहान ८ बजे सुरु हुने भनिएको निर्वाचन करिब ९ बजेमात्र सुरु भएको थियो।
देउवाको उम्मेदवारीको प्रस्तावकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र समर्थक पार्टी उपसभापति पूर्णबहादुर खड्का रहेका थिए।
यसैगरी, थापाको उम्मेदवारीको प्रस्तावक डा। शेखर कोइराला तथा समर्थकमा उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेल रहेका थिए।