२०८३ भाद्र १० गते बुधवार

प्रधानमन्त्री देउवासँग डब्ल्यूएचओका महानिर्देशकको शिष्टाचार भेट

काठमाण्डौ,बैशाख ९ । प्रधानमन्त्री शेरबहादुर देउवासँग विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का महानिर्देशक डा टेड्रोस एड्हानोम गेहब्रेयससले शिष्टाचार भेटवार्ता गरेका छन ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री देउवाले कोरोना भाइरस महामारीका बेला महानिर्देशक डा गेहब्रेयसले खेलेको नेतृत्वदायी भूमिकाको प्रशंसा गर्दै डब्ल्यूएचओले नेपाललाई खोप वितरण गरी महत्त्वपूर्ण सहयोग गरेको बताए ।

प्रधानमन्त्री देउवाले नेपालको स्वास्थ्य क्षेत्रमा सहयोग गर्न पनि महानिर्देशक डा.टेड्रोसलाई आग्रह गरे ।

महानिर्देशक डा टेड्रोसले नेपालले कोरोना भाइरस खोप धेरैजसोलाई लगाएकामा खुशी व्यक्त गर्नुभएको परराष्ट्र मन्त्रालयका प्रवक्ता एवम् सहसचिव सेवा लम्सालले जानकारी दिए ।
महानिर्देशक डा टेड्रोसले नेपालले स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदान निकै उदाहरणीय र प्रशंसनीय रहेको पनि बताएका थिए ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा महानिर्देशक डा टेड्रोसले तीन दिने भ्रमणमा हिजो नेपाल आएका थिए ।

नेपाल भ्रमणमा रहँँदा आजै राष्ट्रपति विद्यादेवी भण्डारीसँग उनले भेटवार्ता गरे ।

प्रकाशित मिति : २०७९ बैशाख ९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *