२०८३ भाद्र १० गते बुधवार

तल्लो तहका कार्यकर्तालाई जबरजस्ती तालमेल गर्न बाध्य पार्नु हुँदैन – गगन थापा

काठमाण्डौ,बैशाख ५ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले तल्लो तहका कार्यकर्तालाई केन्द्रले जबरजस्ती तालमेल गर्न बाध्य पार्न नहुने बताएका छन ।

काठमाण्डौ क्षेत्र नम्बर ४ मा पार्टी कार्यकर्ताको प्रशिक्षण कार्यक्रममा थापाले जबरजस्ती निर्णय लाद्दा चुनावमा सोचेको भन्दा फरक परिणाम आउने बताएका हुन ।

चुनाव पछाडि बहुमत नपुग्दा कसैसँग मिलेर सरकार बनाउने भन्ने संसदीय व्यवस्था अनुसार स्वाभाविक हुने तर चुनावभन्दा पहिले नै तालमेल गरेर चुनावमा जित्नको लागि जाने भन्ने कुरा स्वाभाविक नहुने उनले बताए ।

प्रकाशित मिति : २०७९ बैशाख ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *