देविराम कुसारी,गोल्टकुरी, चैत्र ५ । दंगीशरण २ सरुवाडाडामा विभिन्न पार्टि परित्याग गरी १२ जनाले नेपाली काँग्रेसमा प्रवेस गरेका छन् ।
नेपाली काँग्रेस टोल इकाई समिति दंगीशरण २ सरुवाडाडाको आयोजनामा भएको होली विशेष कार्यक्रममा दंगीशरण २ का लक्ष्मण विक, अभिषेक विक, किरण परियार, सुरज विक, प्रदिप चौधरीलाई कार्यक्रमका प्रमुख अथिति केन्द्रिय सदस्य गेहेन्द्र गिरिले पार्टि सदस्यता प्रदान गरी प्रेवस गराएका हुन ।
कार्यक्रममा गामबहादुर वली, गुरुप्रशाद खड्का, लक्ष्मण वस्नेत, यम बहादुर विक, भीष्म पुन, दुर्गाप्रसाद घर्ति र अम्मर भण्डारीले पनि विभिन्न पार्टि परित्याग गरी नेपाली काँग्रेसमा प्रवेस गरेका छन ।
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य गेहेन्द्र गिरीले एम सि सि का बारेमा एमालेले गरेको भ्रमको खेतिको अन्त्य हुने बताए ।
कार्यक्रमको प्रमुख आथितिको आषण वाट बोल्दै केन्द्रिय सदस्य गिरीले एम.सि.सि का वारेमा एमालेले दोक्ला भुमिका निर्वाह गरेको आरोप लगाए ।
आफैले एम सि सि सम्झौतामा हस्ताक्षर गर्ने, विरोधमा रोष्टम घेर्ने र मइतिघर मण्डलामा देखाएको नाटकिय प्रवृतिलाई जनताले यो चुनावमा नराम्रो झापट हान्ने वताए ।
टोल इकाई सभापति गेहेन्द्र खड्काको सभापतित्वमा भएको कार्यक्रममा विशिष्ट अथिति तथा काँग्रस दाङका सह–सचिव शुवोध डागी, जिल्ला सदस्य शोभाखर न्यौपाने, क्षेत्र नम्वर ३ ख का सभापती खिमबहादुर वली, दंगीशरण सभापती शम्भु गिरी, दंगशरण गाउँपालिका उपाध्यक्ष पिमा खड्का, महाधिवेशन प्रतिनिधि अरुण लहरे लगाएतले बोलेका थिए ।
इकाई सचिव मेघबहादुर खत्रीको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रममा क्षेत्र नम्वर ३ क का सचिव किरण केसी, ख का सहसचिव रमेश भण्डारी, विपि विचार राष्ट्रिय समाजका जिल्ला सचिव रुपलाल वस्नेत, जिल्ला सदस्य गिता पौडेल, दंगीशरण २ का सभापती शरदिन कुसारी, क्षेत्रिय प्रतिनिधि प्रकासमान वली, तुलसीराम देवकोटा, लक्ष्मण देवकोटा, तिलकबहादुर डागी, अर्जुन केसी, सीता डागी लगाएतले बोलेका थिए ।
कार्यक्रमको सहजिकरण क्षेत्रिय प्रतिनिधि देविराम कुसारीले गरेका थिए ।