
चखौरा, मंसिर २१ । लुम्बिनी प्रदेशमा १२ वटा क्षेत्रलाई सास्कृतिक ग्रामका रुपमा बिकाश गर्ने बारे दाङमा छलफल भएको छ । जात जाति, सांस्कृति बाहुल्यता तथा पहिचानको आधारमा सांस्कृतिक ग्राम बनाईने लुम्बिनी प्रदेशका पर्यटन, ग्रामीण तथा शहरी बिकास मन्त्रालयले जनाएको छ ।
कहाँ र कस्तो बनाउने भन्ने बारेमा मन्त्रालयले बिभिन्न स्थानमा पुगेर छलफल पनि शुरु गरेको छ । केही समय पछि आ–आफ्नो जातजाति र संस्कृतिको संरक्षण भएको महसुश गर्ने गरि काम भइरहेको पर्यटन, ग्रामिण तथा शहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीले बताए ।
सास्कृतिक ग्राम बनाए पछि झण्डै पाँच हजार बढीले रोजगारी पाउने मन्त्री चौधरीले आशा ब्यक्त गरे ।
दाङमा थारु समुदायको बाहुल्यता र इतिहास भएकाले यहाँ थारु सांस्कृति ग्राम बनाउन थालिएको छ । त्यस बाहेक मगर,मुस्लिमल गायत अन्य जाताजातिकोपनि सांस्कृतिक ग्रामको अवधारणा अगाडि सारिएको हो ।

यस सम्बन्धि सरोकारवाला दंगीशरण गाँउपालिकाको चखौरामा छलफल गरिएको मन्त्रालयका सचिब महेश चन्द्र न्यौपानेले जानकारी दिए । प्रत्येक क्षेत्रलाई ६५ लाख बराबरको बजेट र अनुसन्धान गर्नका लागि मात्र एक करोड रकम बिनियोजन गरिएको उनले जानकारी दिए ।
प्युठान नगरपालिका वडा नम्वर ७ का जनप्रतिनिधि नगेन्द्र पौड्ेलले प्युठान जिल्लामापनि जातजाति र सांस्कृतिक पहिचान बनाउन सकिने भुगोल र क्षेत्र भएको बताए । उनले प्युठानमा पनि यो कार्यक्रमलाई लागु गर्न आग्रह गरे ।
लुम्बिनी प्रदेशका १२ जिल्ला मध्ये थारु, मगर,मुस्लिम, अवध लगायत जात जातिको संरक्षण र सम्बृद्र्धनका लागि सांस्कृतिक ग्राम बनाउने सरोकार वालाहरुले बताएका छन । कार्यक्रममा १२ जिल्लाका जनप्रतिनिधि लगाएत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
