२०८२ बैशाख ११ गते बुधवार

कुलपानी सामुदायिक वनको अध्यक्षमा नवराज शर्मा

देउखुरी, माघ २१ । कुलपानी सामुदायिक वन उपभोक्ता समुहको २७ औ साधारण सभा तथा अधिबेशन सम्पन्न भएको छ ।

अधिबेशनले माघ बुधवार नवराज शर्माको अध्यक्षतामा २९ सदस्यीय नयाँ कार्य समिति निर्माण गरेको छ ।

गढवा गाउँपालिक वडा नं. १ बडहरास्थित वन उपभोक्ता समुहको अधिबेशनबाट उपाध्यक्षमा राकेश शर्मा, सचिवमा दिलसरी विक, कोषाध्यक्षमा पुष्पा चौधरी, सहसचिवमा आईबहादुर बुढामगरलाई चयन गरिएको छ ।

त्यस्तै सदस्यहरुमा टेकराज खनाल, जुद्धबहादुर विष्ट, मानबहादुर कुमाल, सरिता अधिकारी, जगिराम चौधरी, जग्गुप्रसाद चौधरी, मग्निराम चौधरी, विष्णु चौधरी, जलावति चौधरी, पुष्पा योगी, सीता थापा, सीता नेपाली, रामस्वरुप चौधरी, मुरारी चौधरी चयन गरिएका छन् ।

 गढवा गाउँपालिकाको कुलपानी, बडहरा, पत्रिङगा र राप्ती गाउँपालिकाको खुरुरीयाँ, बसन्तापुरका गरि करिब ६ सय जति उपभोक्ताहरु छन् ।

 माघ २ गतेदेखि टोलभेला सुरु गर्दै माघ १६ गते भएको साधारण सभा पछि कार्यसमिति छनौट कार्य सुरु भएको थियो ।

प्रकाशित मिति : २०७७ माघ २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *