२०८३ भाद्र २६ गते शुक्रवार

स्कुटीसहित बगे आमा छोरी, छोरी मात्रै जोगिइन

दाङ , भदौ २६ ।


दैलेखमा खोला तर्ने क्रममा स्कुटीसहित खोलामा बगेका आमा–छोरी मध्य आमाको मृत्यु भएको छ । छोरी भने ज्यान जोगाउन सफल भएकी छन् ।
जिल्लाको भगवतीमाइ गाउँपालिका – २ सुनखोलामा सोही वडाको खोप बजारकी ३८ बर्षीया ज्वाला शाहीको मृत्यु भएको छ ।
बिहीबार बेलुकी सवा ६ बजेतिर बेस्तडा बजार बाट घर फर्किने क्रममा स्थानीय सुनखोला तर्ने क्रममा शाहीले चलाएको भे ७ प २९६९ नम्बरको स्कुटीसहित आमा छोरी बगेका थिए ।
शाहीकी १५ बर्षीया छोरी भने ज्यान जोगाउन सफल भएकी थिइन । उनको अवस्था सामान्ने रहेको तथा जिल्ला अस्पताल दैलेखमा उपचार भएको प्रहरीले जनाएको छ ।
प्रहरीले मृतकको शब ८ बजेपछि फेला पारी पोष्टमार्टमका लागि अस्पताल पुर्‍याएको थियो ।

यसैबीच दैलेखमा शुक्रबार बिहान साढे ८ बजेतिर जेसिबी बोकेको टेलर दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । घाइते मध्य जेसिवी चालक जिल्लाको चामुण्डा बिन्द्रासैनी नगरपालिका – ४ का २५ बर्षीय प्रदिप शाहीको अवस्था गम्भीर छ । उनको जिल्ला अस्पताल दुल्लुमा उपचार जारी छ ।
दुर्घटनाका थप दुई घाइते सोही नगरपालिका – ६ का २१ बर्षीय खगेन्द्र बिष्ट र टेलर चालक सोही वडाका २३ बर्षीय गुप्त बिष्ट अवस्था भने सामान्ने रहेको प्रहरीले जनाएको छ । यी दुइ जनाको जम्बुकाँध बजारको तारा फार्मेसीमा उपचार जारी छ ।
मध्य पहाडी लोकमार्ग सडक खण्ड अन्तर्गत जम्बुकाँध बजार बाट बेस्तडा तर्फ जेसिवी लोड गरी जादै गरेको भे.१ क . ११९४ नम्बरको टेलर ब्रेक फेल भएपछि अनियन्त्रित हुदा ड्याम नजिक दुर्घटना भएको थियो ।
टेलर माथि राखिएको जेसिबीसहित दुबै साधन माथिल्लो मोड बाट तल्लो बाटोमा खस्दा दुवै सवारी साधन क्षति पुगेको प्रहरीले जनाएको छ ।
घटना बारे थप अनुसन्धान जारी रहेको पनि प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८३ भाद्र २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *