२०८० चैत्र १६ गते शुक्रवार

गढवा बाणिज्य संघको अध्यक्षमा बुढा

देउखुरी, माघ ५ ।दाङ देउखुरीको गढवा उद्योग बाणिज्य संघको अध्यक्षमा खिमबहादुर बुढा सर्वसहमतिमा चयन भएका छन् । माघ ३ गते भएको संघको पाँचौँ बार्षिक साधारणसभा तथा तेस्रो अधिबेशनले बुढालाई तीन बर्षे कार्यकालका लागि अध्यक्षमा चयन गरेको हो ।

त्यस अघि नै बन्दसत्रले अध्यक्ष बाहेक १४ पदमा सर्वसहमति कायम गरि सकेको थियो । अध्यक्षमा संघका पूर्व बरिष्ठ उपाध्यक्ष खिमबहादुर बुढा र पूर्व सचिव रामदास यादव (आरडी)ले दाबि गरेका थिए । लामो कसरत पछि माघ ५ गते बुढालाई अध्यक्ष बनाउने सहमति जुटेको संघका संस्थापक अध्यक्ष युवराज पोखरेलले जानकारी दिए ।

सहमतिपछि अध्यक्ष पदका अर्का उम्मेदवार यादवले उम्मेदवारी फिर्ता लिएको निर्वाचन मण्डलका संयोजक समेत रहेका पोखरेलले बताए । त्यसअघि नै बन्दसत्रले संघको बरिष्ठ उपाध्यक्षमा रामबहादुर बुढाथोकी, उपाध्यक्षमा ओमप्रकाश बस्याल, महासचिवमा बाबुराम भण्डारी, सचिवमा सुधा न्यौपाने र कोषाध्यक्षमा खुमानन्द पोखरेललाई चयन गरेको थियो ।

त्यस्तै सदस्यहरुमा संन्दिप अधिकारी, राजकुमार नेपाली, दुखराम चौधरी, दुखहरण यादव, मकबुल अलिमियाँ, रमेशकुमार बजगाई, शितबहादुर बस्नेत, मधु जिसी र दिनामणि आचार्यलाई चयन गरेको छ ।

प्रकाशित मिति : २०७७ माघ ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *