२०८३ जेष्ठ १ गते शुक्रवार

महेन्द्र लामिछानेले अस्पतालको अध्यक्षको पदभार ग्रहण गरे

तुलसीपुर , जेठ १ ।
राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले नयाँ संचालक समितिका अध्यक्ष पाएको छ ।
तुलसीपुरका महेन्द्र लामिछानेले अस्पताल बिकास समितिको अध्यक्षमा नियुक्त भए संगै शुक्रबार आफ्नो पदभार ग्रहण गरेका हुन ।
यसअघि एक बर्ष पहिले गत जेठमा पनि उनलाई लुम्बिनी प्रदेश सरकारले अस्पताल बिकास समितिको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो । तर, तत्कालिन अध्यक्ष पदमप्रशाद शर्माले आफ्नो कार्यकाल समाप्त नहुँदै आँफुलाई हटाएको भन्दै अदालतमा जोहरी दिएका थिए ।
अदालतले शर्मालाई नहटाउन आदेश दिएपछि लामिछाने अध्यक्ष हुन पाएका थिएनन् । ती शर्मा बैशाख १० गते आफ्नो अबधि सकिएर पदमुक्त भएपछि यतिखेर फेरि प्रदेश स्वास्थ्य मन्त्रालयले दोस्रो पटक लामिछानेलाई अध्यक्षमा निुयुक्त गरिएको बेहोरोसहितको पत्राचार गरेको थियो । सोही पत्रका आधारमा फेरि लामिछाने अध्यक्षमा भएका हुन ।

प्रकाशित मिति : २०८३ जेष्ठ १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *