
दाङ, बैशाख १० ।
प्यूठानमा तिर्थ यात्रु चढेको एउटा जिप दुर्घटना हुँदा एक जना बालिकाको मृत्यु भएको छ ।
दुर्घटनामा परि छिमेकी देश भारतको जिल्ला माहाराजगञ्ज थाना मेटौलीका करण नाथ मौरीयाको छोरी ३ बर्षीया काव्या मौरीयाको उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र भिङ्ग्रीमा मृत्यु भएको हो ।
जिल्ला प्रबक्ता प्रहरी निरीक्षक हरि भट्टराइका अनुसार दुर्घटनाका घाइते मध्य एक जना पुरुष, एक जना महिलाको अवस्था गम्भीर छ । मध्यम घाइते अन्य १५ जनालाई थप उपचारका लागि बुटवल रिफर गरिएको छ ।
बिहीबार दिउँसो भारतीय तिर्थ यात्री सवार भिङ्ग्रीबाट स्वर्गद्धारी मन्दिर तर्फ जाँदै गरेको लु १ ज ३१७५ नम्बर जिप स्वर्गद्वारी नगरपालिका–४ टाकुरामा दुर्घटनामा परेको थियो । जिप सडकदेखि झन्डै ६० मिटर तल खसेको थियो ।
जिपमा कुल १८ जना जिपमा सवार रहेका थिए । ती मध्य चार जना बालबालिका र अन्य १४ जना महिला पुरुष सवार थिए ।