२०८३ बैशाख १७ गते बिहिवार

दयालु बिमल रिजाल –जस्ले मान्ता खत्रीलाई निशुल्क औषधि उपलब्ध गराउँदै आएका छन्

हापुरे, फागुन १६ । बबई गाउँपालिका – ५ हापुरेका ५९ बर्षीय मान्ता खत्री ओच्छ्यान परेको चार बर्ष पुरा भयो । घर नजिकै रुखमा चढेर बस्तु चौपायाका लागि घाँस झार्ने क्रममा उनी चार बर्ष पहिले रुख बाट लडेपछि ओच्छ्यान परेका हुन ।

रुख बाट लड्दा मेरुदण्ड लगाएतमा गम्भीर चोट खेपेपछि मान्ताको जीवन कष्टकर बन्न पुगेको हो ।
रुखबाट लड्दा मान्तालाई घाँटी नजिकको मेरुदण्ड (किले जोर्नी)मा गम्भीर असर पुगेको हुँदा पहिले जस्तै हिडडुल गर्न नसक्ने अवस्थामा पुगेका हुन ।


हाँसी खुसी सहज जीवन बिताउँदै आएका मान्ता रुख बाट लडेपछि उनको जीवनको चक्र नै बदलियो । उनी फेरि पहिले जस्तै उठ्न र हिडडुल गर्न नसक्ने अवस्थामा पुगे । सामान्ने किसान परिवारका घर मुली नै अकल्पिनिय दुर्घटना पछि ओच्छ्यान परेपछि के हुन्छ ? तर, सहयोगी र असल स्वभावका मान्ताको दुःख, कष्टमा मलम पट्टी लगाउन स्थानीय समाजसेवी र गाउँ घरका मानिसले सहयोग अभियान चलाए ।

देश बिदेश बाट मनकारी मानिसहरुले संकलन गरेको केही नगद रकम घरमै गएर स्थानीयले मान्ता र उनको परिवारलाई हस्तान्तरण गरे । त्यसबाट मान्ताको उपचार ठाउँ ठाउँमा भयो । तर, केही उपाए चलने । उनी फेरि उठ्न सक्ने अवस्था रहेन । मान्ता अब घर परिवारको सहयोगमा ह्विइ चियरमा मात्रै आँगनमा गुडन् सक्ने भए ।


मान्ताले जीवनमा भोगेको जस्तै अप्ठेरो परिस्थिति हरेक मानिसलाई जतिखेर आइलाग्न सक्छ । हरेक खाले दुर्घटना पछि धेरै मानिसले प्रिय जन गुमाउन छन् । धेरै अंगभंग भइ अरुको सहारामा जीवन यापन गर्नुपर्ने बाध्यता आइ पर्छ ।
चार बर्ष पहिले मान्ता रुखबाट लडेपछिको अवस्था, भोग्दै आएको असहजता र दुःख कष्ट बारे स्थानीय सहयोगी मनहरुले तुलसीपुरका उद्योगी बिमल रिजालाई कुरा सुनाउँछन् ।

मान्तालाई ह्विल चियरको टडकारो आवश्यता रहेको कुरा स्थानीयले नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि समेत रहेका बिमल रिजाललाई सुनाउँछन् । कारण मान्ताको परिवारले आफ्नै खर्चमा किनको ह्विलचियर बिग्रिसकेको थियो । काम नलाग्ने भइ सकेको थियो । त्यसो हुँदा मान्ता घर भित्रै ओच्छ्यानमै सुतिरहनु पर्ने अवस्था आइ लागेको थियो ।


एक बर्ष पहिले मान्ताको जीवनमा थोरै भएपनि सहजता थप्न, थोरै जीवन सहज बनाउन, थोरै भएपनि खुसी थप्न तुलसीपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष बिमल रिजाल बिगतमा आँफु आवद्य संघ संस्थाका साथ सुविधायुक्त ह्विल चियर लगेर मान्ताको घरमा पुग्छन् ।

त्यो हस्तान्तरण गर्दा मान्ता र उनको परिवार जनले साटेको खुसी तथा मान्ताले ओठ कमाउँदै बोलेका शब्दहरु, मुस्किलले हात उठाउँदै जोडेका हातहरुले बिमल रिजालको मानसपटलमा गहिरो छाप पर्छ । बिमलको मनमा दया, करुणा र मानवताको ज्वालाभाट ओहोर दोहोर गर्न थाल्छन् ।
ओछ्यान परेका मान्ताका परिवार जनले मासिक औषधि मुलो किन्नसमेत सकश भइ रहेको कुरा बिमल सामु ब्यक्त गर्छन ।

रुख बाट लडेपछि कष्टकर जीवन ब्यथित गर्दै आएको भएपनि मान्ताको घर परिवारको अवस्था, मान्ताको शालिन ब्यक्तित्व देखेर बिमल रिजालको नौंनी मन पग्लिन्छ । त्यही बिमलले भन्छन् – ‘उहाँले खाने औषधि अबदेखि मासिक निशुल्क रुपमा म उलब्ध गराउँछु ।’ त्यसयता बिगत एक बर्ष यता बिमलले ब्यक्तिगत रुपमा मान्ताको उपचार खर्च बेहोर्दैै आएका छन् ।


‘सिटी हस्पिटल तुलसीपुर’ संचालक समितिका अध्यक्षसमेत रहेका बिमलले सोही हस्पिटल मार्फत मासिक एक हजार पाँच सय बराबरको औषधि मान्ता खत्रीका लागि निशुल्क रुपमा उपलब्ध गराउँदै आएको भन्दै परिवारका सदस्यले बताए ।


शुक्रबार उनै बिमल रिजाल फेरि मान्ता खत्रीलाई भेट्न उनको हापुरेस्थित घरमै पुगे । बिमलसहितको टोली त्यहाँ पुग्दा मान्ता घर भित्रै खाटमा सुतिरहेका थिए । बिमलले हापुरे बजारमा केही स्याउ, सुन्तला, एउटा हर्लिक्स किनको थिए । मान्ता सुतिरहेकै ठाउँमा पुगेर बिमलले त्यो खाने कुरा दिदा मान्ता सुतेरै हात जोड्दै थिए ।

‘ तपाँइ कति दयालु, कति असल, कति मानवताले ओतप्रोत ब्यक्ति,’ मान्ताले भने ‘ तपाँइ जत्तिको अशल ब्यक्तिहरु समाजमा थपिदै जाउन, तपाँइको सँधै कल्यान होस ।’ बिमलले ओछ्यानमा सुतिरहेका मान्तालाई रोक्दै – अरु केही समस्या छ कि ? भनेर सोधेका थिए ।

जबाफमा मान्ताले मैले किनको ह्विलचियर भाँचिएर काम नलाग्ने भइ सक्यो र तपाँइले दिएको ह्वियचियरले म घर आँगनमा भएपनि गुड्न पाउँदा आँफुलाई धन्य संझिन्छु , तपाँइको जय होस ।’ बिमलले मान्ताकी श्रीमति, बुहारी लगाएतलाई कुनै समस्या आइ लागे खबर गर्न आग्रह गरे ।

मासिक रुपमा तुलसीपुरमा गएर औषधि ल्याउन आग्रह गरे । त्यसपछि बिमल रिजाल, दुर्गा खड्काको टिम बिदा माग्दै मान्ताको घर बाट निस्कियो ।
यो पंक्तिकारलाई लाग्यो – हाम्रो समाजको खासियत अर्थात बिषेश– बिषेशता यही मानवता त हो । स्वभाबैले हाम्रो समाज उदार, सहिष्णु र दयालु छ । त्यसैले त भन्ने गरिन्छ – समाज ‘ज्यूँदो छँदाको जन्ती र मर्दाको मलाली’ हो ।

मान्ता सुतेको खाट माथि किलोमा एउटा भोटी लगाएको रेडियो झुण्डि रहेको थियो । परिवारका सदस्य काम काजमा जाँदा मान्ताको एक मात्र साथी यही रेडियो मात्रै हुन्छ । यही रेठियोको माध्यबाट मान्ता संसार नियाल्ने गर्छन ।

प्रकाशित मिति : २०८२ फाल्गुन १६ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *