दाङ, मंसिर १५ । नेपाली कांग्रेसको १५ औं महाधिवेशन आगानी पुस महिनामा गर्ने निर्णय भएको छ।
काठमाडौंमा पुस २६, २७ र २८ गरि तीन दिनसम्म काँग्रेसले महाधिवेशन गर्ने निर्णय गरेको हो ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार बसेको केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महाधिवेशनको कार्यतालिका बैठकमा प्रस्तुत गरेका हुन । कार्यतालिका अनुसार पुस १५ गते वडा अधिवेशन सुरू गर्ने निर्णय गरिएको छ ।
त्यस्तै बैठकले पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिको म्याद माघ मसान्तसम्म थप गर्ने निर्णय गरेको छ । केन्द्रीय समिति बैठकले दुई महिना म्याद थप गर्ने निर्णय गरेको हो।
१४ औं महाधिवेशन २०७८ मसिर २४ देखि २८ गतेसम्म काठमाडौंमा भएको थियो। जस अनुसार मंसिर २३ गते कार्यसमितिको म्याद सकिन्छ ।
त्यही भएर केन्द्रीय समिति बैठकले पुसमा महाधिवेशन गर्नु पर्ने भएपछि माघ मसान्तसम्म म्याद थप गर्ने निर्णय भएको पार्टी प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए।