
तुलसीपुर,भदौ २ । दाङको तुलसीपुर १२ पुकार पसलस्थित सिद्धिबिनायक फर्निचर उद्योगमा आगलागी भएको छ ।
सोमबार दिउँसो करिब सवा ३ बजेतिर ब्यबसायि तारा बहादुर वलीको उद्योगमा आगलागी भएको थियो ।
उधोगमा बिधुत सट भएर आगलागी भएको घटना प्रति तुलसीपुर उधोग बाणिज्य संघले दुख:ब्यक्त गरेको छ ।
घटना स्थल पुगेका बाणिज्य संघका अध्यक्ष बिनिल केसिका अनुसार करिब एक करोड बढिको क्षति भएको बताए ।
उहाले पटक पटक आगलागीका घटनाहरु दोहोरिनु दुखद:भएको भन्दै स्थानिय सरकार ,प्रशासन र निजिक्षेत्र बिपद प्रतिकार्यमा जुटनुपर्ने सुझाब ब्यक्त गरे ।
यसैबिच बाणिज्य संघका अध्यक्ष केसि र महासचिव केशबराज केसिले संयुक्तरुपमा बिज्ञप्ति जारि गरि घटनाप्रति दुखःब्यक्त गर्नु भएको हो ।
पश्चिम दाङमा बिपद पर्दा प्रतिकार्यको टिम कमजोर भएको भन्दै स्थानिय सरकारले तत्काल अत्याधुनिक दमकल खरिद गर्नुपर्ने बिज्ञप्तिमा उल्लेख गरिएको छ ।


